आगलागीमा जलेर मृत्यु

बर्दिया, ठाकुरबाबा नगरपालिका-४ मैनवार बस्ने ५५ वर्षीय लछीराम जैसीको गोठमा बिहीबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर जैसीको मृत्यु भएको छ । गोठमा रहेका चौपायाहरू बचाउने क्रममा उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु

१० वैशाख, जनकपुरधाम । धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका- १ भगवानपट्टीमा स्थानीय  ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो साढे ३ बजेतिर …

आगलागीमा जलेर मृत्यु

दोलखा, बिगु गाउँपालिका-८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको छ । आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतुवागढी आगलागी : ज्यान गुमाउने बालबालिकाको पहिचान खुल्यो

विराटनगर – भोजपुर हतुवागढी– ७ पिप्लेमा भएको आगलागीमा जलेर मृत्यु हुने तीन बालबालिकाको पहिचान खुलेको छ। धन बहादुर कार्कीको खोल्मामा आगलागी हुँदा नीजका दुई नाती र एक नातिनिको आगोले जलेर मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । केदार कार्कीको छोरा ४ बर्षको प्रनिष कार्की ,रमेश कार्कीको छोरी ५ बर्षको दिप्सिखा कार्की र छोरा साढे दुई […]

आगलागीमा जलेर मृत्यु

सिरहा, लहान नगरपालिका-१८ भदैया विष्णुपुर बस्ने ८५ वर्षीय मन्जित महतोको कच्ची घरमा गएराति आगलागी हुँदा सोही आगलागीमा जलेर महतोको मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीमा जलेर दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्।

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।...

यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु

इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो । दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त […] The post यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आगो ताप्ने क्रममा बालिकाको जलेर मृत्यु

आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।           राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा […]

भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु

झापा । दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आउनुभएका उहाँको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस