भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु

झापा । दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आउनुभएका उहाँको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित सामग्री

भुटानी शरणार्थी शिविर आठ महिनाको नाबालकको हत्या

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । एकाघरमा बस्ने एकजना पुरुषले ती नाबालकको हत्या गरेका हुन् । घटना सोमबार साँझ दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ मा घटना भएको हो । २५ वर्षीया सुस्मिता बिश्वा बरालको छोरा आठ महिनाको एरित …

शिविरमा रहेका शरणार्थी भन्छन्– भुटानले शारीरिक यातना दियो, नेपालले मानसिक

दमकस्थित भुटानी शरणार्थी शिविर छाप्रो नम्बर ४०३ का ८४ वर्षीय जगतबहादुर गुरुङलाई हिँड्डुल गर्न निकै मुस्किल पर्छ । नौजना छोराछोरीका बाबु जगतबहादुरको बुढेसकालको सहारा लौरो भएको छ । उनको परिवार तीनतिर छ ।...

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना सार्वजनिक

भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरी आज ९शुक्रबार ०सार्वजनिक गरेको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी क्याम्पमा बस्ने ४४ वर्षीय एल।बि।भन्ने लालबहादुर गुरुङलाई १०÷१२ जना अपरिचित व्यक्तिहरूले खुकुरी, ढुङ्गा प्रहार गरि खुट्टाको छिपारी, घुँडा र दाहिने कुममा काटी गम्भीर घाइते बनाई फरार भएका थिए । गुरुङको उपचारको क्रममा झापाको विएण्डसी […]

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

इलाम । भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि असाेज ५ गते साँझ धारिलो हतियार र ढुंगा प्रहार गरी गुरुङकाे हत्या भएकाे थियाे । साेही हत्यामा संलग्न भएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । झापा र इलामको सीमानास्थित इलामको […]

धारिलो हतियार प्रयोग गरी भुटानी शरणार्थीको हत्या

दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्या भएको छ । बुधबार साँझ उनको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।  झापा र इलामको सीमानस्थित इलामको चुलाचुली–५ मा एक...

भुटानी शरणार्थी शिविर

नेपाली भुटनीजहरु तेस्रो मुलुक पुर्नस्थापना भएसँगै खाली हुँदै गएको १५ वर्ष अघिको मोरङको पथरी शनिश्चरे–१० मा रहेको भुटानी शरणार्थी शिविर ।

भुटानी शरणार्थी अपांग संघलाई मोन सुवेदीको सहयोग

झापा– भुटानी शरणार्थी अपांग संघलाई अमेरिकामा बस्ने मोन सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी-१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर (नेपाल एक लाख २० हजार बढी)  सहयोग गर्ने भएका हुन् । अमेरिकमा सिजल एन्ड सिस्टर्स एलएलसी प्रालिमार्फत सुवेदी परिवारले अपांगता भएका भुटानी शरणार्थीको हितका […]

भुटानी शरणार्थी शिविरभित्र एकजना मृत फेला

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर भित्र एक व्यक्त्ति मृत फेला परेका छन् । शरणार्थी शिविरको ‘सेक्टर सी’मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगर शुक्रबार घरभित्रै ओछ्यानमा मृत फेला...

भुटानी शरणार्थी शिविरमा कोरोनाको पीडा : तातोपानी दिने आफन्त पनि छैनन्

भुटानी शरणार्थी शिविर बेल्डाँगीका शान्ता क्षत्री र उनकी श्रीमती ममता केही दिनयता बिरामी छन्। ममतालाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ। शान्ताले परीक्षण गराएका छैनन्। तर, लक्षण मिल्दोजुल्दो छ। घरमा भएका...

भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु

भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा आगो लागेको हो  ।  आगलागीमा...