राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनसक्ने खालको नरहेको बताएको छ । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले चुनावी सरकारले ल्याएको बजेट परम्परागत र चुनाव लक्षित रहेको बताए । ‘कार्यान्वयनमा समस्या हुने देखिन्छ र विगतमा भएका गल्ती कमजोरीलाई सच्याउने प्रतिवद्धताहरु छैनन् । खासगरी खर्च गर्ने क्षमताको कसरी विकास गर्ने ? बजेट बढ्ने तर खर्च नहुने प्रवृति छ’, लिङ्देनले भने, ‘जहाँ खर्च हुनसक्छ त्यहाँ बजेट नहुने त्यो