नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको निर्णय गर्नका लागि नभएको बताएका छन् ।
माधव नेपाल पक्षका सचिव भीम आचार्यले १० बुँदे सहमतिको आधारमा पार्टी एकता गरिने बताए ।
‘नेताहरूका व्यक्तिगत विमति होलान्, तर १० बुँदे सहमतिलाई आधार मानेर छलफल गर्नुपर्छ,’ केन्द्रीय कमिटीको बैठकमा प्रवेश गर्नुअघि लोकान्तरसँग कुरा गर्दै आचार्यले भने, ‘हाम्रा शत्रुहरू एमाले विभाजनको पक्षमा छन् । उनीहरूको विपक्षमा उभिनु पर्छ । पार्टी विभाजन गर्न दिनु हुन्न ।&rsquo...