जेठ महिनामा कर्जाको ब्याजदर घटे पनि निक्षेपको स्थिर रहने भएको छ । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । संघको कार्यकारी समितिको बैठकले जेठमा निक्षेपको ब्याजदर नबढाउने/नघटाउने निर्णय गरे पनि अरु सदस्य बैंकहरुबाट राय लिन बाँकी छ ।