काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत माघमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा छ भने कर्जा विस्तार वृद्घिको आधारमा यो बैंक दोस्रो स्थानमा छ ।गत माघसम्म बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्घि भएको छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्घि भएको छ । २७ वाणिज्य बैंकमध्ये १६ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर १०.३७ प्रतिशत रहेको छ । २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा बृद्घि भएको छ ।