काठमाण्डाै – अवकाश प्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्दा घिमिरेको दुई करोड १४ लाख ४६ हजार रुपैयाँ सम्पत्तिको स्रोत नभेटिएकोले त्यही बराबर बिगो मागबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।२०५२ सालको कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरेले भन्सार विभागमा कार्यरत रहेको अवस्थामा ...