कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदाय सहमत भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज भएको सरोकारवालासँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित क्षेत्रका स्थानीयहरूले अन्तिम पटक सहमत जनाएको मुख्यमन्त्री शाहीले बताए ।
प्रदेश सरकार र स्थानीय समुदायबीच कुरा नमिल्दा लामो समयदेखि विमानस्थल विस्तार एवं स्तरोन्नतिको कार्यले गति लिन सकेको थिएन । मुख्यमन्त्री शाहीका अनुसार उत्तरतिरबाट विमानस्थलको विस्तार गर्ने र प्रदे...