जिल्लाकी ८४ वर्षीया पूर्णमाया महर्जनलाई पाल्पाली ढाकाको इतिहास मेटिने चिन्ता छ । हुन त यस्ता उद्योग सञ्चालन गर्ने सबैको चिन्ता यस्तै छ । त्यसैले पहिचान कायम राख्न ‘ब्रान्डिङ’ को तयारी गरिएको छ । २०१५ सालमा पूर्णमायाका श्रीमान् स्वर्गीय गणेशमानले पाल्पाली ढाका भित्र्याएका हुन् । ‘श्रीमान्ले दुःख गरेर भित्र्याएको प्रविधिको साख जोगाउने जिम्मा हामी सबैको हो,’ पाल्पाली ढाका संघकी अध्यक्षसमेत रहेकी पूर्णमायाले भनिन्, ‘यसका लागि अहिलेका उद्योगीहरूले साथ दिनुपर्छ/दिइरहनुभएको छ ।’