वाग्मती प्रदेश सरकारले प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमर कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त तथा प्राथमिकता सदनमा पेश गरेका हुन् । प्रदेश सरकारले जेठ १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने कार्यक्रम छ ।