लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गरे । उनले भने, ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन वि