प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन अध्यादेश पेश हुने भएका छन् ।
शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।
शुक्रवार प्रतिनिधि सभाको तेस्रो बैठकमा संसद नियमावलीका केही प्रावधान निलम्बन गरी प्रतिस्थापन विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दियो ।
'अबको बैठकमा आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पेश गर्ने र दुई वटा शोक प्र...