एउटा रहर बोकेरएक मान्छे सहर पस्छसहरभित्र रहरमात्रै देख्छ ।बिस्तारै रहरको सहरभित्र हराउछ ऊ ।एक पछि अर्कोअर्को पछि अर्कोथपिदै जान्छन् रहर च्यापिदै जान्छ ऊ ।सहरको रहर कमरहरको सहर बढी हुन्छ मनमारहर बढ्दा अभाव बढ्छअभाव बढ्दा गरिबीगरिबीसँगै असन्तोषअसन्तोषको भारी बोकेर ऊसहर परिक्रमा गर्छ हरदिनसोध्दैन सहर उसलाईखाना खाइस् ?बुझ्दैन सहर उसलाईआरामै छस् ?बिस्तारै सहरको रहरमर्दै जान्छ मनमावाक्क लाग्छ सहरदेखिदिक्क लाग्छ रहरदेखिर, पनि रहरै रहर बोकेर सहरमा भौतारिरहेछ ऊ ।भौतारिरहेछ ऊ ।।