मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् ।
तालगाउँमा रहेको भानु माविको भवन १ असारमा...
वर्षासँगै बढेको शिरखोलाले घोराही उपमहानगरपालिका–१२ मा रहेको श्री प्राथमिक विद्यालय हापुर पेदा जोखिममा परेको छ । हापुर खोलाले धार परिवर्तन गरेर विद्यालय क्षेत्रतिर गएकाले कतिबेला विद्यालय बाढीले बगाउने भन्ने चिन्ता थपिएको छ ।
कैलालीको भजनी नगरपालिकाका विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ। गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षतिसमेत गरेपछि एक सातादेखि पठनपाठन हुन नसकेको हो। केही विद्यालयमा बाढी प्रभावित बसेका कारण पढाइ हुन सकेको छैन। डुबान र बाढी प्रभावित बसेका कारण भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो। “विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ।”
टीकापुर– गतहप्ता लगातारको वर्षापछि आएको बाढीले विद्यालयसमेत डुबानमा परेपछि कैलालीको भजनीका केही विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ प्रभावित भएको छ । भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन् । भजनी-८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते आएको […]
मनाङ । गत १ असारमा मर्स्याङ्दी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासो गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी टेन्टमुनि बसेर पढ्नुपरेको छ । विद्यालय भवन बाढीले बगाएको १० महिना बिति सके पनि विद्यालयकाे पुनःनिर्माण हुन नसक्दा विद्यार्थीहरु टेन्टमा पढ्न बाध्य रहेका छन् । जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेन्टमुनी पढ्न समस्या भइरहेको […]
लमजुङ – गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका- १ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनि बसेर पढ्नु परेको छ। कक्षा ९ मा अध्ययनरत प्रतीक गुरुङ पनि टेण्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए। जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनि पढ्न समस्या भइरहेको उनले बताए। कक्षा १० […]
लमजुङ-मस्र्याङदी नदिमा आएको बाढीले विद्यालय संरचना पुरिएपछि त्रिपाल भित्र पठनपाठन हुँदै आएको मनाङको तालस्थित भानु माध्यामिक विद्यालयमा समस्या हुन थालेको छ । चिसो मौषम शुरु भएसँगै हिमाली जिल्ला मनाङका विद्यार्थीहरूलाई त्रिपालभित्र पठनपाठनमा समस्या थपिएको हो ।गत असारको पहिलो साता मस्र्याङदी नदिमा आएको बाढिले विद्यालय पुरिएपछि नासोङ गाउँपालिका–१, तालस्थित हिमालमुनी रहेको सो विद्यालयमा त्रिपाल टाँगेर पठनपाठन […]
हुस्नमा खातुन कक्षा ५ मा पढ्छिन् । शुक्रबार बिहान उनी बालकक्षामा पढ्ने आफ्ना दाइका छोरीहरू नुरुसुबा र रहनुमासँगै विद्यालय आइन् । त्यस दिन पढाइ भने थिएन । नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओ आएका थिए । फ्रान्सको संस्था मोन्टागन एन्ड पार्टेजको सहयोगमा निर्मित १२ कोठे दुईतले पक्की भवनको उनले उद्घाटन गरे । ‘अब बाढी आएर स्कुल नढल्ने भयो,’ हुस्नमाले खुसी हुँदै भनिन् ।
बेमौसमी वर्षासँगै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेको जगदम्वा आधारभूत विद्यालय बगायो । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले विद्यालयमा पूर्ण क्षति गरेको छ । विद्यालयका तीनवटा पक्कीभवन, शौचालय र खेलमैदान पूरै बगाएर नामोनिसान छैन । भवन बगाएपछि जगदम्वा आधारभुत विद्यालयका विध्यार्थीहरू खुला चौरमा बसेर पढ्न […]
मनाङ । बाढीपहिरोका कारण क्षति पुगेका मनाङका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।
गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले बताएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।
जिल्लाका नमूना विद्यालयका रूपमा रहेका लोकप्रिय माध्यमिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए । चार ओटामात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिरोले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको उनले जानकारी दिए ।
कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको हो ।
नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्णरूपमा जोखिममा छ । बाढीका कारण तीन माध्यमिक र एक आधारभूत विद्यालयमा क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको बताइएको छ । त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्याएको छ । जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मर्स्याङ्दी नदीको बाढीले पूर्णरूपमा क्षति पुगेको छ ।
कहिलेदेखि विद्यालयको भवन निर्माण थाल्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्याउनेलगायत प्राविधिक तथा सामाजिक, विधिगत विषयमा नेपाली सेनासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिएका छन् । ‘सडक सञ्जालबाट पूर्णरूपमा वञ्चित भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ,’ उनले भने, ‘सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ ।’ रासस