६ पुस, विराटनगर । मिटरव्याजको धन्दा चलाउँदै आएको आरोपमा विराटनगरबाट थप एकजना पक्राउ परेका छन् । सोमबार पक्राउ पर्नेमा एजाज शेख रहेका छन् । केही दिन अघि मिटरव्याजी मन्टु भनिने सञ्जय रौनियारलाई प्रहरीले पक्राउ गरेको …
काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरव्याजी र सहकारीका ठगहरुलाई नियन्त्रणमा लिनु आफु नेतृत्व सरकारको एक बर्षे कार्यकालको सफलता भएका उल्लेख गरेका छन्। मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मिटरव्याजी र सहकारीका ठगहरुलाई नियन्त्रणमा लिनुदेखि कहिल्यै कानुनले छुँदैन भनेर ढुक्क भएका उच्च ओहोदामा बसेर गल्ती गर्नेहरुलाई पनि सजाय प्रक्रिया थालेको प्रचण्डको भनाई छ।
महोत्तरीका नामुद मिटरव्याजी अनिरुद्ध साहको जिल्ला अदालतमा बयान चलिरहेका बेला दबाब स्वरुप पीडितले जलेश्वरमा प्रदर्शन गरेका छन्। जिल्ला प्रसासन कार्यालय हुँदै निस्केको मिटरब्याजी पीडितहरुको र्याली नगर परिक्रमा गर्दै जिल्ला अदालतको...
२८ भदौ, काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले सोमबार बुझाएको प्रतिवेदनमा मिटरव्याजीलाई राजनीतिक दलहरुले संरक्षण दिन नहुने सुझाव दिइएको छ । सहसचिव भीष्मकुमार भूसाल नेतृत्वको कार्यदलले मिटव्याजीको चन्दा अस्वीकार गन राजनीतकि दलहरुलाई सुझाव दिइएको छ । त्यस्तै उनीहरुलाई निर्वाचनमा उम्मेदवार नबनाउन र राजनीतिक भूमिका दिन निरुत्साहित गर्नुपर्ने सुझाव पनि दिइएको छ […]
२७ भदौ, काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकालेको छ । र, विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन सुझाएको छ । सहसचिव भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिदेवदनमा मानिसहरु मिटरब्याजीसम्म किन पुग्छन् भनेर […]
पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरव्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन् । शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरूको विषयमा आवाज उठाएको बताए । ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरव्याजीहरुको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’नेता पोखरेलले अदालतको फैसलाप
धनकुटा । धनकुटामा मिटरव्याजी आरोपित विरुद्ध एक जनाले पनि उजुरी दिएनन् । सरकाले मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गृह मन्त्रालयले यहि भदौ ५ गतेसम्म जिल्ला प्रशासन कार्यलय मार्फत उजुरी दिन आह्वान गरेकाे थियाे । तर पनि जिल्ला प्रशासन कार्यलय धनकुटामा भने एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी […]
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन्। मिटर व्याजबाट पीडित बनेकाहरुले विभिन्न सात बुँदे माग राख्दै आइतवार मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले मिटर व्याजीलाई कारवाही गर, पीडितको जफत गरिएको सम्पति फिर्ता गर, मिटर व्याजीको सम्पति छानविन गर, तमसुक व्यवस्था खारेज गर, सहुलियत दरमा ऋणको व्यवस्था गर लगायतका […]
२७ असार, जनकपुरधाम । धनुषाबाट एक जना मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत जग्गा […]
सप्तरी। मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारबाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले विभिन्न नारा लगाउँदै र्याली निकालेका थिए। र्याली सडकको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए । जुलुसमा सहभागी पीडितहरूले गैर […]
काठमाडौं, ४ साउन । १९ करोडको चेक सहित मिटरव्याजी पक्राउ परेका छन् । चेक सहित मिटरव्याजीको आरोपमा दोलखा घर भई हाल ललितपुर भैसेपाटी बस्दै आएका ३३ वर्षीय गणेश उप्रेतीलाई मित्रपार्क चावहिलबाट साउन १ गते प्रहरीले पक्राउ गरेको हो । उप्रेतीले बिभिन्न मितिमा व्यक्तिगत कामको लागि रकम दिने र चर्को मिटर ब्याज लगाई पटक–पटक गरि रकमको […]