राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए । उनका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्