काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ। उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोप लगाइएको छ। प्रसाईंले […]
बेलायतले गैर कानुनी रूपमा युके प्रवेश गर्ने आप्रवासीलाई फिर्ता लिन अस्वीकार गर्ने देशहरूमाथि कडा कदम चाल्दै भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ। बेलायती गृहमन्त्री शबाना महमूदले सोमबार आप्रवासन प्रणालीमा व्यापक सुधार घोषणा गर्दै आश्रय प्रक्रियामा उल्लेखनीय परिवर्तनको घोषणा गर्नेछिन्। नयाँ प्रावधानअनुसार अब शरणार्थीको दर्जा अस्थायी हुनेछ भने स्थायी बसोबासका लागि आवेदन दिन शरणार्थीहरूले २० वर्ष […]
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी नागरिकलाई ट्यारिफ राजस्वबाट २ हजार डलरको लाभांश चेक पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्न कांग्रेसको अनुमोदन अपरिहार्य हुने बताएका छन् । फक्स न्युजको सन्डे मर्निङ फ्युचर्स कार्यक्रममा बोल्दै बेसेन्टले भने, “हामीलाई त्यसका लागि कानुन आवश्यक पर्छ। हेर्दै जाऊँ के हुन्छ।” ट्रम्पले यस वर्ष संकलित अर्बौँ ट्यारिफ राजस्वलाई आफ्नो प्रमुख […]
१ मंसिर, काठमाडौं । एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएको छ ।
मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने प्रतियोगितामा सहभागी …
काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका लागि नयाँ फोर्स बनाउने भएको छ । सो फोर्सको नाम ‘नेशनल भोलेन्टियर फोर्स’ रहने पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जानकारी दिए । ‘नेशनल भोलेन्टियर फोर्स’लाई राष्ट्र, राज्य र संगठनको आवश्यकताका आधारमा परिचालन गरिने व्यवस्थित संरचनाका रूपमा विकास गर्न लागिएको उनले […]