नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनि