प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिँदै आठवटा भेन्टिलेटर
प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितका साथै वा अन्य जटिल बिरामीले ज्यान गुमाउनुपरेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना हुँदै आएको थियो
७ फागुन, जनकपुरधाम । शुक्रबार बिहान धनुषाको शहीदनगर नगरपालिका–५ का शंकर कापरका अढाइ वर्षीय छोरा कृष्ण पानी जमेको खाल्डोमा खसे । त्यहाँबाट निकालेर जनकपुर प्रादेशिक अस्पताल पुर्याउँदा भेन्टिलेटरमा राख्नुपर्ने भनियो । ‘डाक्टरले अवस्था गम्भीर छ, यहाँ भेन्टिलेटर खाली नभएकाले काव्य अस्पताल लैजानुस् भन्नुभयो,’ कापर भन्छन् । डाक्टरले निजी अस्पतालको नामै लिएर त्यहाँ लैजान भनेपछि आर्थिक […]
जनकपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा आइपुगेका छन्।
मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवाहरुले फुलमाला र खादासहित स्वागत गरेका छन्।
मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु विहीवार हस्तान्तरण गर्ने कार्यक्रम छ।…
काठमाडौं। अर्थ मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि देशभरका ५० वटा अस्पतालमा आइसीयू भेन्टिलेटर स्थापना गर्न एक अर्ब ४१ करोड उपलब्ध गराउने निर्णय गरेको छ। आइसीयू भेन्टिलेटर स्थापना गर्न रकम पाउने अस्पतालहरुमा मुसीकोट अस्पताल, मुगु अस्पताल, मेहलकुना अस्पताल, सेती प्रादेशिक अस्पताल, म्याग्दी अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, पाल्पा अस्पताल, महाकाली अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल आदि छन्।
काठमाडौँ । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ । मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गरेको […]
२९ वैशाख, काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ । मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी स्वास्थ्यकर्मी र कर्मचारीमाथि […]
जनकपुरधाम : धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आठवटा भेन्टिलेटर जडान सुरु गरिएको छ। कोभिड–१९ को महामारीको दोस्रो लहरमा कोरोना संक्रमितको तीव्र रुपमा बढेसँगै उनीहरुको उपचारका लागि भेन्टिलेटर जडान सुरु गरिएको हो।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शुक्रबारदेखि आठवटा नयाँ भेन्टिलेटर जडान सुरु गरिएको बताए। उनले प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयले भेन्टिलटर खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको जानकारी दिए।यसअघि प्रादेशिक अस्पतालमा रहेका सबै भ
जकपुरधाम, २४ वैशाख: प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ । सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ । त्यस्तै अस्पतालको सो कक्षमा आज थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि […]
कैलाली : टीकापुर नगरपालिका वडा- ७ का ४६ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या थप जटिल बन्दै गयो। मंगलबार सेती प्रादेशिक अस्पताल पुगेका उनले आइसियूसहितको भेन्टिलेटरमा भर्ना हुन खोजे तर पाएनन्।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि उनले धनगढीका निजी अस्पतालमा भेन्टिलेटर खोजे तर, पाएनन्। बुधबार भेन्टिलेटर र अक्सिजन अभावका कारण उनले ज्यान गुमाउनुपर्यो। मृतकका भाइ गणेश क्षेत्रीले भने, ‘सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर थिएन। हामीले बोकेको अक्सिजन पनि सकिदै थियो। दाजुलाई स