वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि अनिवार्य गरिएको पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी भएन भन्ने आवाजहरू बेलाबखतमा जोडतोडले उठ्ने गरेको छ ।
यो तालिम प्रभावकारी नहुनुमा तालिम सञ्चालन गर्ने व्यवसायीहरू नै दोषी भएको आरोप र लाञ्छना पनि हामीले खेपिरहेका छौँ । तालिम प्रदायक व्यवसायीको हिसाबले हाम्रो पनि केही कमी कमजोरी त होलान् । तर जसरी अहिले हामीलाई नै दोषी करार गरिएको छ त्यति मात्र पनि होइन ।
एउटा व्यवस्थापकको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूलाई प्रदान गर्ने यो तालिमलाई प्रभावकारी बनाउन राज्यले जसरी व्...