जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका-२ धर्मपुर टोलका २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमारको शव घर नजिकैको पोखरीमा फेला परेको छ।सोमबार बिहान स्थानीयले पोखरीमा आमा-छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।स्थानीयका अनुसार राति पति पत्नीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।