विराटनगर किंग्सले एनपीएलको उपाधि जिते कोशी सरकारले ३० लाख दिने

काठमाडौंमा एनपीएल सुरु हुन ३ दिनमात्र बाँकी रहँदा विराटनगरमा बिदाई कार्यक्रम गर्दै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । विराटनगर किङ्सका खेलाडीलाई मङ्गलबार राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरे । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले […]

विराटनगरको रानीमा आकाशेपुल र प्रवेशद्वार निर्माण शुरू

विराटनगर । कोशी प्रदेश सरकारले नेपाल–भारत सीमाक्षेत्र विराटनगरको रानीमा आकाशेपुलका साथै प्रवेशद्वार निर्माण शुरू गरेको छ । रू. ६ करोड २५ लाख २४ हजार लागतमा बन्ने आकाशेपुल र प्रवेशद्वारको मंगलवार प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका हुन् । आकाशेपुल र प्रवेशद्वार निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १४ गते यी दुई संरचनाको निर्माण भइसक्नुपर्नेमा भन्सार कार्यालयले निर्माणमा अवरोध गरेपछि काम हुन सकेको थिएन । शिलान्यासपछि मुख्यमन्त्री कार्कीले आकाशेपुल र प्रवेशद्वारको निर्माण निर्धारित समयमै सकिनेमा आफू विश्वस्त रहेको बताए । सोहीअनुसार कामलाई तीव्र बनाउन ठेकेदार कम्पनीलाई उनले आग्रह गरे । पछिल्लो समय भन्सार विभागले प्रवेशद्वार निर्माण गर्न दिने भएपछि मुख्यमन्त्री कार्कीले शिलान्यास गरेका हुन् । शहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई मोबिलाइजेशनबापत रू. १ करोड ३० लाख भुक्तानी दिइसकेको थियो । तर पुल बनाउने स्थान यकिन नहुँदा काम अघि बढ्न सकेको थिएन । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको साझेदारीमा प्रवेशद्वार निर्माण गर्ने तय भएको थियो । काम थाल्न लाग्दा आकाशेपुल र प्रवेशद्वार दशगजा क्षेत्रमा पर्ने भनेर रोकिएको थियो । भारततर्फ भने दशगजामै स्वागतद्वार छ । अहिले पुरानो भन्सार कार्यालय नजिकै आकाशे पुल र स्वागतद्वार बनाउने सहमति भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए । मन्त्रालयले ठेक्का सम्झौता नै रद्द गर्ने अवस्थामा पुगेको बेला यी दुई संरचना बन्ने निश्चित भएको हो । उक्त योजनमा प्रदेश सरकारले ७५ प्रतिशत, विराटनगर महानगरले २५ प्रतिशत र उद्योग संगठन मोरङले ५ प्रतिशत लागत साझेदारी गर्ने सहमति भएको छ ।

बीमा रकम निकासा नहुँदा सकसमा कोशी अस्पताल‚ बोर्ड भन्छ : अस्पतालले दाबी गरेको छैन

विराटनगर : स्वास्थ्य बीमा बोर्डले कोशी अस्पतालले उपचार गरेको बीमा बापतको रकम ९ महिनादेखि निकास नगर्दा सेवा प्रवाहमा समस्या भएको छ।१७ करोडभन्दा बढी रकम सरकारले भुक्तानी नगर्दा सेवा प्रवाहमा सकस भएको अस्पतालले जनाएको छ।स्वास्थ्य बीमामार्फत उपचार गरेको विरामीको चालु आर्थिक वर्षको असार मसान्तदेखि माघ २३ गतेसम्म १७ करोड रुपैयाँ बोर्डबाट पाउन बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए।उनका अनुसार असार मसान्तसम्म ४ करोड ३० लाख ९५ हजार ९११ रुपैयाँ स्वास्थ्य बीमाबापतको कोशीमा उ