बीमा रकम निकासा नहुँदा सकसमा कोशी अस्पताल‚ बोर्ड भन्छ : अस्पतालले दाबी गरेको छैन

विराटनगर : स्वास्थ्य बीमा बोर्डले कोशी अस्पतालले उपचार गरेको बीमा बापतको रकम ९ महिनादेखि निकास नगर्दा सेवा प्रवाहमा समस्या भएको छ।१७ करोडभन्दा बढी रकम सरकारले भुक्तानी नगर्दा सेवा प्रवाहमा सकस भएको अस्पतालले जनाएको छ।स्वास्थ्य बीमामार्फत उपचार गरेको विरामीको चालु आर्थिक वर्षको असार मसान्तदेखि माघ २३ गतेसम्म १७ करोड रुपैयाँ बोर्डबाट पाउन बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए।उनका अनुसार असार मसान्तसम्म ४ करोड ३० लाख ९५ हजार ९११ रुपैयाँ स्वास्थ्य बीमाबापतको कोशीमा उ