नेपालमा पनि कोरोना भाइरस संक्रमण सुरु भएसँगै २०७६ चैत ६ गतेदेखि देशभरका सम्पूर्ण विद्यालय बन्द भए । चैत ६ गतेदेखि नै सुरु हुने भनेको एसईई परीक्षा पनि स्थगित भई अहिले विद्यालयबाट विद्यार्थीको मूल्यांकन गरी नतिजा निकाल्ने अन्तिम तयारीमा सरकार छ । नेपालमा अहिले कोरोना संक्रमण कम भएसँगै सरकार विद्यालय खोल्ने तयारीमा पनि लागेको छ । सहरी क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन गरेका छन् भने ग्रामीण भेगका विद्यालय प्रविधिमा पहुँच नहुँदा अन्योलमा छन् । अझै पनि कतिपय जिल्लामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको अवस्था छ । केही जिल्लामा शून्य अवस्था छ । सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भनेको छ । निजी विद्यालय विद्यार्थी भर्ना गरी पठनपाठन सुरु गर्ने मनस्थितिमा पुगेका छन् भने केहि संक्रमणको अवश्थाबारे विचार विमर्शमै छन् । यसै सन्दर्भमा विभिन्न जिल्लाका शिक्षा, विकास समन्वय एकाइ प्रमुखसँग कारोबारकर्मीहरूले गरेको कुराकानी :