मनाङमा दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदाता केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बत

सम्बन्धित सामग्री

महिलाले चलाउँदै मतदान केन्द्र

वीरगन्ज महानगरपालिका वडा नं ५ स्थित थारु छात्राबास मतदान केन्द्र महिलाहरुले सञ्चालन गर्ने भएका छन् । यहाँस्थित क,ख र ग गरी ३ वटा मतदान केन्द्रका मतदान अधिकृत महिला छन् । यस बाहेक २१ सहायक कर्मचारी पनि महिला नै छन् । यो ‘विशेष मतदान केन्द्र’ का सुरक्षा कमान्डर पनि महिला सुरक्षाकर्मी छन् ।

कर्णालीमा सुरक्षा व्यवस्था कडा, चुनावको तयारी अन्तिम चरणमा

सुर्खेत - कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन् । मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ । मतदान केन्द्र निर्माण भइरहेका छन् । आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ । कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको...

कर्णालीमा सुरक्षा व्यवस्था कडा, चुनावको तयारी अन्तिम चरणमा

सुर्खेत - कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन् । मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ । मतदान केन्द्र निर्माण भइरहेका छन् । आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ । कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको...

कर्णालीमा सुरक्षा व्यवस्था कडा

सुर्खेत – कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ। १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन्। मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ। मतदान केन्द्र निर्माण भइरहेका छन्। आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ। कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार […]

दाङमा १२ मतदानस्थल अति संवेदनशील

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् । निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए । मतदान अधिकृतदेखि सहायकस्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने

गएको चुनावबाट ‘पाठ सिकेर’ यसपटक भरतपुरको मतगणनास्थलमा कडिकडाउ

शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ। विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ।तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको छ।'सबै ठाउँको मतगणना यहीँबाट निगरानी गर्न सकियोस् भनेर सीसीटिभी राख्ने हाम्रो अपेक्षा थियो। यसमा हामी ५० प्रतिशत ठाउँमा मात्र सफल हुन सकेका छौँ,' प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसीलाई बताएका छन्।भरतपुरको तयारी२०७४ सालको स्थानीय चुनावमा मतगणनाको क्रममा मतपत्र च्यातिएको भरतपुरमा यसपालि उस्तै कथा दोहोरिन नदिन सबैखाले सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।भरतपुर महानगरपालिकाको मतगणना त्यहाँ रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको छ।मतगणनास्थलमा विभिन्न सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।निकै पेचिलो बनेको भरतपुर महानगरपालिकाको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित भएको छ।मतगणना सुरक्षित र व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि सिसिटिभी क्यामेरा र तारजाली लगायतका मजबुत व्यवस्था हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए।'निगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिएको छ। अनि अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटर चल्नेछ। पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्,' उनले भने।सुरक्षा पनि कडा२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन्।यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन्।भरतपुर मतगणनास्थलविगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन्।तामाङले भने, 'विगतको घटनाबारे समीक्षा गरेर त्यसैअनुरूप सुरक्षा व्यवस्था पुनरावलोकन गरिएको छ।''त्यतिखेर भएका त्रुटि केलाइएको छ। यिनै विषयका आधारमा निर्वाचन आयोगले निर्दिष्ट गरेका सबै उपाय अवलम्बन गरिएका छन्।''सुरक्षाका हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ।'भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ। -बिबिसीबाट

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी’

दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचनलक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मंगलवार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमान्डमा चारवटै सुरक्षा निकाय प्रभावकारी रूपमा परिचालन भइरहेको बताए । राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उनले बताए । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उनले बताए । स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ । जिल्लाका १३६ वटै मतदान केन्द्र र २९७ वटै मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन भई कर्मचारी आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारिरहेको प्रजिअ अर्यालले बताए । एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ अर्यालले बताए । अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तर रूपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराए । रासस

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।  मुलुकका ७५३ स्थानीय तहका

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी

वीरगञ्ज । आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा  निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन्  । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी  कर्मचारी खटाइएकामा उनीहरू आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई  आवश्यक चुनावी सामग्री  विभिन्न मतदान केन्द्रमा खटाइएको हो । यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि  १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस

तेस्रो चरणको चुनाव तयारी अन्तिम चरणमा

प्रदेश २ का आठै जिल्लामा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाकर्मी र कर्मचारी सम्बन्धित मतदान केन्द्र पुगिसकेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । हरेक जिल्लामा ३ देखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् ।