गएको चुनावबाट ‘पाठ सिकेर’ यसपटक भरतपुरको मतगणनास्थलमा कडिकडाउ

शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ। विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ।तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको छ।'सबै ठाउँको मतगणना यहीँबाट निगरानी गर्न सकियोस् भनेर सीसीटिभी राख्ने हाम्रो अपेक्षा थियो। यसमा हामी ५० प्रतिशत ठाउँमा मात्र सफल हुन सकेका छौँ,' प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसीलाई बताएका छन्।भरतपुरको तयारी२०७४ सालको स्थानीय चुनावमा मतगणनाको क्रममा मतपत्र च्यातिएको भरतपुरमा यसपालि उस्तै कथा दोहोरिन नदिन सबैखाले सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।भरतपुर महानगरपालिकाको मतगणना त्यहाँ रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको छ।मतगणनास्थलमा विभिन्न सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।निकै पेचिलो बनेको भरतपुर महानगरपालिकाको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित भएको छ।मतगणना सुरक्षित र व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि सिसिटिभी क्यामेरा र तारजाली लगायतका मजबुत व्यवस्था हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए।'निगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिएको छ। अनि अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटर चल्नेछ। पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्,' उनले भने।सुरक्षा पनि कडा२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन्।यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन्।भरतपुर मतगणनास्थलविगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन्।तामाङले भने, 'विगतको घटनाबारे समीक्षा गरेर त्यसैअनुरूप सुरक्षा व्यवस्था पुनरावलोकन गरिएको छ।''त्यतिखेर भएका त्रुटि केलाइएको छ। यिनै विषयका आधारमा निर्वाचन आयोगले निर्दिष्ट गरेका सबै उपाय अवलम्बन गरिएका छन्।''सुरक्षाका हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ।'भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ। -बिबिसीबाट

सम्बन्धित सामग्री

यसपटक विगतको जस्तो मल अभाव हुँदैन - लामिछाने

राष्ट्रिय  स्वतन्त्र पार्टीका सभापति एवं चितवनका सांसद रवि लामिछानेले  विगतमा जस्तो यसपटक रासायनिक मलको अभाव नहुने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर ०६ मा रहेको लेक ट्वान्टी फार्म...

यसपटक जतिसक्दो राम्रो काम मात्र गर्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।‘‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत

सप्तरी–२ मा हरेक पटक नयाँ इतिहास, यसपटक डा राउत

सप्तरी, ९ मङ्सिर । मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यसपटक पनि जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित गरेको छ । अहिलेसम्मका […]

२०७४ मा रेशम चौधरीले हराएका थिए वामदेव, यसपटक ढकियाले जादु गर्ला ?

चुनावको केही दिनअघि नेपालगञ्जको ग्यालेक्सी दरबार होटलमा गएर शक्ति बस्नेतलाई थारु समुदाय नेगेटिभ छ, यसपटक वामदेवलाई जिताउन सकिन्न भनेर हामीले रिपोर्टिङ गरेको हो

यसपटक मतगणनास्थलमा तारजाली प्रयोग गर्दैनौँः प्रमुख आयुक्त थपलिया

काठमाडौँ – निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसपाली मगतणनास्थलको सुरक्षाका लागि अन्य उपाय अपनाउने तर तारजाली भने नलगाउने बताएका हुन्। बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्। उनले मतगणनास्थलमा सिसिटिभीको भने प्रयोग गरिने बताए। उनले भने, ‘यसपटक मतगणनास्थलमा आयोगले तारजाली प्रयोग गर्दैन। सुरक्षाका […]

यसपटक पनि वञ्चित भएँ

कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपाईं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो ...

दुई वर्षदेखि राेकिएकाे राधाकृष्ण रथयात्रा यसपटक हुने

विराटनगर- कोरोना महामारीका कारण विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा यसपटक हुने भएको छ। प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा नगरपरिक्रमा गराइने चलन रहेको छ। तर, कोरोना महामारीसँगै सो धार्मिक यात्रा रोकिएको थियो। राधाकृष्ण मन्दिर कार्यसमिति सदस्य कृष्ण कार्कीले भदौ ४ गते शनिबार पूरानै शैलीमा रथयात्राले नगरपरिक्रमा हुने जानकारी दिए। कार्कीले […]

उदयपुरमा पहिले हारेका सबै उम्मेदवारले यसपटक जिते

अघिल्लो चुनावमा पराजित उदयपुरका सबै स्थानीयतहका उम्मेदवारहरु यसपटक विजयी भएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा विजयी जिल्लाका २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष २०७४ मा पराजित उम्मेदवारहरु हुन्।...

१०औं पटकसम्म वडाध्यक्ष जितेका व्यन्जनकार यसपटक आफ्नै भतिजसँग पराजित

यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यन्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यन्जनकार दुई सय ४७ बढि मतान्तरले निर्वाचित भएका...