वैदेशिक रोजगारीमा अनलाइन प्रणाली : ‘सपाेर्ट मेकानिजम’ नहुँदा श्रमिकहरु समस्यामा

पछिल्लो समय नेपाल सरकारले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण होस् र श्रमिकहरु विदेश जाँदा अनावश्यक झन्झटमा नपरुन् भन्दै अनलाइन प्रणालीको प्रयोग बढाएको छ । सबैप्रकारका श्रम स्वीकृति लिनेदेखि राहदानी लगायतका सेवाहरु अनलाइनबाटै प्रदान गरिन थालिएको छ । यो राम्रो कुरा हो । आधुनिक समयमा म्यानुअल रेकर्ड सिस्टम गर्नुभन्दा अनलाइन रेकर्ड सिस्टम गर्नु सान्दर्भिक र उपायोगी छ । यो आवश्यक पनि थियो । तर त्यति हुँदाहुँदै पनि यसमा कारण केही समस्या, झन्झट तथा चुनौती देखिएका छन् । जसरी यो प्रणाली सञ्चालन गरिएको छ, यसमा विकल्प (अप्...

सम्बन्धित सामग्री

विराटनगर भन्सारबाट निर्यातमा अनलाइन प्रणाली

विराटनगर। पेपरलेस, फेसलेस र क्यासलेस भन्सारको अवधारणा कार्यान्वयन गर्नेतर्फ एक कदम बढाउँदै विराटनगर भन्सार कार्यालयले निर्यातमा अनलाइन प्रणाली शुरू गरेको छ ।  विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणा अनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो । मुलुकका प्रमुख १० नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा  शुरू गरिएको हो । अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार कार्यालयको सिस्टममा अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि उपस्थित हुनु नपर्ने प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिए । उनका अनुसार सिस्टममा प्याकिङ लिस्टसहितको बीजक, उत्पत्तिको प्रमाणपत्र वा जीएसपी (जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) फर्म र भुक्तानीको कागज अपलोड गर्नुपर्छ ।  तर, जीएसपी सुविधा भएका युरोपेली संघ, नर्वे, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, न्यूजिल्यान्ड, टर्कीबाहेक भारत निर्यात गर्दा भुक्तानी प्रमाणित कागजात आवश्यक पर्दैन । जीएसपी सुविधाअन्तर्गत निर्यात गर्दा आयात गर्ने मुलुकले महशुल छूटको सुविधा दिएको हुन्छ ।  नेपालबाट निर्यात हुने ऊनी गलैंचा र तयारी पोशाकलगायत मालवस्तुमा जीएसपी सुविधा छ । नेपाल र भारतका व्यवसायीबीच उधारो कारोबार हुने भएकोले भुक्तानीको कागजात अपलोड गर्न बाध्य  नबनाइएको हो । जडीबुटी निकासीमा वन कार्यालय र हस्तकलाका सामग्रीमा सम्बद्ध संघको सिफारिश आवश्यक पर्ने बताइएको छ । भन्सारको सिस्टममा अपलोड भएका कागजात परीक्षणपछि निर्यातकर्ताले राजस्व अनलाइनबाटै बुझाउन सक्नेछन् । निर्यातकर्ताले राजस्व बुझाएपछि अनलाइनबाटै निर्यातको प्रज्ञापनपत्र प्रिन्ट गरेर निकाल्न सकिन्छ ।

सेवाग्राहीलाई लाइनमा नराख्ने हो भने अनलाइन प्रणाली सुधार्नुपर्छ

सार्वजनिक सेवामा नागरिकले भोग्नुपर्ने समस्या समाधानको लागि अनलाइन प्रणाली सबैभन्दा प्रभावकारी हो । राहदानी, राष्ट्रिय परिचयपत्र, लाइसेन्स लगायतका सेवामा अनलाइन प्रणाली सुरु भए पनि यो प्रभावकारी हुन सकेको छैन । नागरिकले लामो समयदेखि सरकारले तोकेको शुल्क तिर्दा पनि समयमै पालो नपाउने, फर्म भर्न नै समस्या हुने, सर्भर नचलेर (डाउन) भएर आफैँ फर्म भर्न नसक्ने अनि साइबर क्याफेहरुमा गएर भर्दा चर्को शुल्क तिर्नुपरेको लगायतका समस्या छन् । अनलाइन सेवा दिँदा धेरै प्रविधिका कुराहरु हुन्छ जस्तो एप्लीकेशनलाई पनि हेर्नुपर्छ, इन्फास्ट्रक्चर र कम्युनि...

भन्सारमा एकद्वार अनलाइन प्रणाली

सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरूमा एकद्वार प्रणाली अनलाइन पूर्ण रुपमा लागू गर्ने भएको छ ।सरकारले विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरूमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए । “बुधबारबाट नेपालका सबै भन्सार कार्यालयहरूमा ‘आसिकोडा’ एकद्वार प्रणाली पूर्णरुपमा […]

देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू

काठमाडौं – सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ। ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए। दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ। त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न […]

बुधबारदेखि भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली

काठमाडौँ- सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ। सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए। उनले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर […]

भन्सारमा अनलाइन प्रणाली विकास गर्नुपर्छः कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् । कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच अनलाइन प्रणाली सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गर्न मंगलबार मन्त्र

शेयर कारोबारमा अनलाइन प्रणाली सुरु

काठमाडौं । मंगलबारदेखि शेयर कारोबारमा अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएसँगै अब शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हटेको छ ।     साथै, घर वा कार्यालयबाटै शेयरको किनबेच ...

शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली

काठमाडौं – शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएपछि शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हट्नेछ भने घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिनेछ । यसका लागि धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिनुपर्छ । यसका लागि ब्यक्तिग...