शेयर कारोबारमा अनलाइन प्रणाली सुरु

काठमाडौं । मंगलबारदेखि शेयर कारोबारमा अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएसँगै अब शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हटेको छ ।     साथै, घर वा कार्यालयबाटै शेयरको किनबेच ...

सम्बन्धित सामग्री

यसैले अर्को एक्सचेन्ज आवश्यक

धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हाल सञ्चालन गरिरहेको अनलाइन प्रणाली जोखिममा रहेको देखिएको छ । अनलाइन कारोबारका लागि सञ्चालनमा ल्याइएको प्रणालीमा स्वार्थ समूहको सहज प्रवेश हुन सक्ने गरी प्लेटफर्म बनेकाले बजारमा चलखेल हुन सक्ने देखिएको छ । कतिपय कारोबारमा यस्तो भएको हो कि भन्ने आशंका लगानीकर्ताले गरेका छन् । त्यसैले शेयरबजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन अर्को एक्सचेन्ज चाहिन्छ भन्ने पहिलादेखिकै आवाजलाई यसले थप पुष्टि गरेको छ । अहिले शेयरको दोस्रो बजारमा नेप्सेको एकाधिकार रहेको छ । सरकारी कम्पनी भएकाले यसको सेवा सही नभएको गुनासो लगानीकर्ताले गर्दै आएका छन् । खासगरी सर्भरमा बेला बेला समस्या आउने र सिस्टम नै ह्याङ हुनेजस्ता समस्या प्राय: भइरहने हुन्छ । यो प्रविधिको समस्या हो र बिस्तारै सुधार आउँदै जाला भनेर लगानीकर्ताले त्यति साह्रो विरोध नगरेको पनि पाइन्छ । अनलाइन प्रणाली शुरू हुँदा निकै समस्या आउने गरे पनि आजभोलि त्यस्ता समस्या निकै कम हुन थालेको पनि पाइन्छ । यो त भयो प्राविधिक पक्षको कुरा, तर अहिले नेप्सेको डेटामा स्वार्थ समूहको निर्बाध प्रवेश पाउने अवस्था निकै गम्भीर समस्या हो ।  एउटै व्यक्तिको कम्पनीले अनलाइनको प्रणाली बनाउने, त्यही मान्छेकोे इन्भेस्टमेन्ट कम्पनीले शेयरमा लगानी गर्ने र त्यही व्यक्तिका धेरै कम्पनी शेयरबजारमा सूचीकृत भई कारोबार भइरहने हुँदा त्यसमा चलखेलको आशंका हुनु स्वाभाविक हो । प्राथमिक शेयर निष्कासनका लागि मूल्यान्वेषण विधि अपनाउँदा यस्तै खालको चलखेल भएको भनी आरोप लागेपछि नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतसमेत निलम्बनमा परेका थिए । शेयरबजारलाई प्रतिस्पर्धी बनाउने हो भने अर्को एक्सचेन्ज पनि आवश्यक हुन्छ । निजीक्षेत्रबाट आउने यस्तो एक्सचेन्जले शेयर कारोबारमा विद्यमान समस्यालाई सम्बोधन गर्छ र नेप्सेलाई पनि सच्चिन बाध्य पार्छ ।  शेयरबजारको विद्युतीय कारोबार प्रणाली र ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली गरी दुई थरी सेवा एकै कम्पनीले दिँदा कारोबारको विश्वसनीयतामा प्रश्न उठेको हो । बोर्डको प्रतिवेदनले यस्तो दुवै सेवा एउटै कम्पनीलाई दिनु धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विपरीत रहेको निष्कर्ष निकालेको छ । हाल सञ्चालनमा रहेको कारोबार मिलान प्रणालीबारे पनि बोर्डले प्रश्न उठाएको छ र केही सुझाव दिएको छ । महत्त्वपूर्ण सूचनाप्रविधिसम्बन्धी सेवाहरू व्यवस्थापन गर्न तेस्रो पक्ष सेवाप्रदायकहरूमा नेप्सेको अधिक निर्भरताले संस्थाको परिचालन स्थिरता र कारोबार सुरक्षामा देखिएको जोखिमलाई समेत अध्ययन समितिले प्रतिवेदनमा समेटेको छ । त्यसै गरी नट्स विक्री र मर्मतसम्भार गर्ने कम्पनी वाइकोका कर्मचारीले नेप्सेको प्रणालीमा परिवर्तन गरे पनि नेप्सेलाई थाहा नहुने अवस्था रहेकामा चिन्ता प्रकट गरिएको छ । वाइकोले नेप्सेलाई जानकारीविनै कुनै पनि समय नेप्सेको नेटवर्कमा प्रवेश गर्न सक्ने अवस्था हुनु गलत हो । यसले हाल सञ्चालनमा रहेको नेप्सेको अनलाइन प्रणाली जोखिममा रहेको पुष्टि हुन्छ ।  त्यसैले शेयरबजारलाई प्रतिस्पर्धी बनाउने हो भने अर्को एक्सचेन्ज पनि आवश्यक हुन्छ । निजीक्षेत्रबाट आउने यस्तो एक्सचेन्जले शेयर कारोबारमा विद्यमान समस्यालाई सम्बोधन गर्छ र नेप्सेलाई पनि सच्चिन बाध्य पार्छ । नेपालजस्तो सानो आकारको धितोपत्र बजारमा दुई/दुईओटा एक्सचेन्ज आवश्यक नपर्ने कतिपयको धारणा पाइन्छ । अझ केहीले त हुँदाखाँदाको नेप्सेमाथि सौता हालेर धितोपत्र बजार बिगार्न खोजेको आरोपसमेत लगाएका छन् । तर, वास्तविकता के हो भने दुईओटा एक्सचेन्ज हुँदा प्रतिस्पर्धाको प्रवर्द्धन हुन्छ । नियामकले पनि प्रतिस्पर्धीहरूलाई सही ढंगले नियमन गर्न सक्छ । नेप्से सरकारी कम्पनी भएकाले बोर्डले यसलाई कारबाही गर्न गाह्रो मानेको देखिन्छ । यस्तो विकृति रोक्न सकेसम्म छिटो अर्को एक्सचेन्ज आउने बाटो खुला गर्नु आवश्यक छ । यसबाहेक सूचनाप्रविधि पूर्वाधार सञ्चालन गर्न आवश्यक पर्ने महत्त्वपूर्ण सफ्टवेयर र यसका म्यानुअलहरूको अपर्याप्तता एक प्रमुख मुद्दा रहेको अध्ययन समितिले ठहर गरेको छ । यसले प्राविधिक चुनौतीलाई तुरुन्तै समाधान गर्न र अवरोधहरू आएमा प्रविधि सञ्चालनको निरन्तरता सुनिश्चित गर्न नेप्सेको क्षमतालाई बाधा पुर्‍याउने अध्ययन समितिको बुझाइ भएकाले त्यसमा पनि सम्बोधनको जरुरी देखिन्छ ।

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : धितोपत्र बजारको अग्रगमन

नेपाली पूँजीबजारको विकास र विस्तार क्रमिक रूपमा अघि बढेको छ । पूँजीबजारमा विस्तारै प्रविधि भित्रिएका छन् । अहिले धितोपत्रसम्बन्धी धेरैजसो काम अनलाइन प्रणालीबाट गर्न सकिन्छ । कुनै बेला धितोपत्रको प्राथमिक र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न लामो लाम हुन्थ्यो । पछिल्लो समय आधुनिक प्रविधिको विकासले यो समस्या समाधान भइसकेको छ । धितोपत्रको दोस्रो बजारमा पूर्ण अनलाइन प्रणाली २०७५ कात्तिकदेखि शुरू भएको हो । प्राथमिक बजार भने २०७४ सालमा आस्बा प्रणाली शुरू भएसँगै पूर्ण अनलाइन प्रणालीमा गइसकेको थियो । दोस्रो बजारमा अनलाइन प्रणाली शुरू भएसँगै लगानीकर्ता कारोबारका लागि हरेक दिन ब्रोकर कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।  यसका साथै शेयर खरीद र विक्रीको काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा सम्भव भएको छ । शुरुआती समयमा स्टक एक्सचेन्जमा भेला भएर भीडमा तँछाडमछाड गर्दै बोलकबोल प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ हुँदै आएकोमा अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय रूपमा राफसाफ हुन्छ ।  पूँजीबजारको विकास र विस्तारसँगै लगानीकर्ताको संख्या पनि बढ्दो छ । अनलाइन प्रणाली शुरू भएको करीब ५ वर्ष पुग्यो । नेप्सेका अनुसार हालसम्ममा १७ लाख लगानीकर्ताले टीएमएस युजर आईडी लिएका छन् । दैनिकजसो ५० हजार जतिले शेयर कारोबार गर्ने गर्छन् । यो संख्या बजार बढ्दा बढ्ने र बजार घट्दा घट्ने गर्छ ।  पाँच आर्थिक वर्ष (आव) को नेप्सेको प्रवृत्ति हेर्दा १ हजार २१२ दशमलव ३६ बिन्दुबाट बढेर ३ हजार २०० बिन्दु पार गरेको देखिन्छ । धितोपत्र बजारको सूचक नेप्सेले ऐतिहासिक बिन्दु कायम गर्नुमा प्रमुख कारण प्रविधि हो । विश्वव्यापी महामारी कोभिड–१९ का कारण देशभरका सबै व्यावसायिक क्षेत्र बन्द रहँदा पूर्ण प्रविधिमा आधारित धितोपत्र दोस्रो बजार भने सञ्चालनमै रह्यो । शुरूका दिनमा केही समय दोस्रो बजार बन्द भए पनि त्यसपछि कोभिड महामारीबीच घरभित्र सीमित जनजीवनबाट पनि धितोपत्रको दोस्रो बजार सञ्चालनमै रह्यो । कोभिड अवधिमा देशका अन्य व्यावसायिक क्षेत्र/गतिविधि बन्द रहँदा सरकारको आम्दानीको मुख्य स्रोत धितोपत्रको दोस्रो बजार बनेको देखिन्छ ।  बजारसँगै धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्या पनि बढ्दो छ । आव २०७४/७५ मा सूचीकृत कम्पनीको संख्या १९६ रहेकोमा आव २०७९/८० मा आइपुग्दा बढेर २५४ पुगेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । पाँच आवको तथ्यांकलाई आधार मान्दा कारोबार रकम पनि बढ्दो क्रममा रहेको देखिन्छ । आव २०७४/७५ मा रू. १ खर्ब २१ अर्ब बराबरको कारोबार भएकोमा गत आव २०७९/८० मा बढेर रू. ४ खर्ब ६७ अर्ब पुगेको छ ।  नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी  धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले ‘नेप्से ३०’ नामक नयाँ परिसूचक तयार परेको छ । उक्त इन्डेक्स आन्तरिक परीक्षण भई सञ्चालनमा आउने तयारीमा छ । यो हाल प्रयोगमा रहेका नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स जस्तै अर्को नयाँ इन्डेक्स हो । कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयर समावेश गरिने विधि फ्री फ्लोट हो । यो इन्डेक्सबाट भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणसमेत सञ्चालन गर्न सकिने नेप्सेले बताएको छ । यो परिसूचकमा पर्ने ३० कम्पनी नेप्सेले छनोट गरिसकेको छ । यसरी हेर्दा नेप्सेले पूँजीबजारमा नयाँ उपकरण भित्त्याउन शुरू गरेको देखिन्छ ।  नेप्सेको नीति तथा कार्यक्रममा प्रणाली विकास प्राथमिकतामा नेप्सेले यस वर्ष प्रणाली विकासका लागि अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर किन्ने योजना अघि सारेको छ । नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मतसम्भार सम्झौता गर्ने योजनासमेत नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । कार्यालय उपकरण सञ्चालनका लागि आवश्यक लाइसेन्स, सफ्टवेयर, हार्डवेयर किन्ने योजना पनि नेप्सेको छ । नेप्सेले यसै वर्ष नयाँ डेटा सेन्टर निर्माण गर्ने कार्यक्रमसमेत राखेको छ । पूँजीबजारमा एनआरएन भित्त्याउन पहल गर्दै सेबोन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानी गर्न पाउने गरी कानूनहरु संशोधन तथा परिमार्जन गर्ने घोषणा गरेको छ । बोर्डले आव २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । धितोपत्रको दोस्रो बजार कारोबारमा एनआरएनलाई ल्याउन कानून नै बाधक देखिएको विज्ञहरूले बताउँदै आएका छन् । बोर्ड यस विषयमा समिति नै बनाएर अगाडि बढेको छ । यसरी हेर्दा नेपालको पूँजीबजार क्रमिक रूपमा अगाडि बढेको देखिन्छ । २०८० वैशाखदेखि सेबोनले थप नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ । यसबाट शेयरबजारको पहुँच बढेर जाने अनुमान गरिएको छ । साउन ३१ गतेसम्म ३७ नयाँ ब्रोकरले लाइसेन्स पाएका छन् । लाइसेन्स पाएका केहीले कारोबार पनि शुरू गरिसकेका छन् ।  नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा  नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया पनि शुरू गरिसकेको छ । बोर्डले शुरू गरिसकेको प्रक्रिया सरकारको आदेशमा अहिले स्थगित छ । धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्ज आउनु जरुरी छ । तब मात्र लगानीकर्ताले राम्रो सेवासुविधा उपयोग गर्न पाउनेछन् । यसो हुँदा शेयरबजारको विकास र विस्तारसँगै यसलाई सबैको पहुँचमा पुर्‍याउन सकिन्छ । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  डिम्याट खाता संख्या साढे ५७ लाखमाथि पाँच आवमा डिम्याट खाता खोल्नेको संख्या २७६ प्रतिशतले वृद्धि भएको छ । आव २०७५/७६ मा १५ लाख २९ हजार ५५६ जनाले डिम्याट खाता खोलेकोमा २०७९/८० सम्म आइपुग्दा ५७ लाख ५१ हजारभन्दा बढी पुगेको हो । पछिल्लो १ आवमा डिम्याट खाता खोल्नेको संख्या पौने ५ लाखले बढेको देखिन्छ । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।  विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ । प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ । निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार […]

साप्ताहिक शेयर समीक्षा: दलालहरु अनलाइन प्रणाली उपयाेगमा अभ्यस्त

काठमाडाैं - शेयर बजारमा अनलाइन प्रणालीको कार्यन्वयनपछि शुरुमा केहि प्राविधिक कठिनाई परेको अनुभव लगानीकर्ता, दलाल र स्वयम् नेपाल स्टक एक्सचेन्जले समेत गरेको भए पनि पछिल्लो समयमा यसको उपयोगमा अभ्यस्त बनेको देख्न सकिन्छ । शेयर बजारमा कारोबार रकम बढ्ने क्रम शुरु भएको छ । कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहल...

आजदेखि अनलाइनबाटै शेयर कारोबार, अब दलालकोमा धाउनु नपर्ने

काठमाडौं – शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनलाइन प्रणालीको उद्घाटन गर्दै शेयर बजारमा पूर्वाधारहरुको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।  मंगलबारबाट अनलाइन प्रणाली सुरु भएसँगै अब शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हटेको छ । अब आफ्नो यु...

शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली

काठमाडौं – शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएपछि शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हट्नेछ भने घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिनेछ । यसका लागि धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिनुपर्छ । यसका लागि ब्यक्तिग...