रिजल्ट बिर्सनुस्, खेलबाट खुशी छु : मुख्य प्रशिक्षक अलमुताइरी

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको बताएका छन् । दशरथ रंगशालामा आइतबार भारतसँगको खेल २-१ ले गुमाएपछि पत्रकार सम्मेलनमा उनले नतिजा बिर्सँदा नेपाली टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘आज हामीले राम्रो खेल्यौं । रिजल्टलाई बिर्सनुस् म खुशी छु’ उनले भने […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी नेपाल आइपुगे

काठमाण्डाै - राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् । अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए । अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसि...

नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक […]

प्रशिक्षक अलमुताइरी साफपछि नेपाल नफर्किने

मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताउनुभएको हो । उहाँले बुधवार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गर्नुभएको थियो । उहाँले नेपालले फाइनल यात्रा तय गरेकोमा खुशी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताउनुभयो ।

नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी

१९ असोज, काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताएका छन् । मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । ‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो […]

नेपालीलाई खुशी बनाउन नसकेकोका माफी चाहन्छु : प्रशिक्षक अलमुताइरी

काठमाडौं : नेपाल र भारतबीच आज सम्पन्न मैत्रीपूर्ण सिरिजको पहिलो खेल १-१ को बराबरीमा रोकिएको छ। आजको खेललाई लिएर नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालीलाई खुशी दिन नसकेको भन्दै माफी मागेका छन्। ‘नेपालीहरुलाई खुशी बनाउन नसकेकोमा माफी चाहन्छु। मेरो खेलाडीप्रति म गौरव गर्छु। हामीले अझै सुधार गर्न आवश्यक छ’, खेलपछि…

अष्ट्रेलियाविरुद्ध गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी

२९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् । नेपालले दोस्रो हाफ पूरा हुँदा १० खेलाडीमा समेटिएको थियो […]