'सरकारले छिटो उद्धार गरे हुन्थ्यो, हामी त भगवान् भरोसामा बङ्करभित्र बसिरहेका छौँ'

लुइस रिजाल, बर्दिया इजरायल ।यहाँ आइपुगेको २८ दिन हुनै लागेको थियो । यहाँ आएपछि पहिलो पटक हातमा तलब पर्ने दिन नजिकिँदै थियो ।सोमबार तलब आउने भएकाले शुक्रबार सबै साथीहरूले कसले कति घण्टा काम गर्‍यो, कति कमायो भनेर कुराकानी गरेका थियौँ ।अब सोमबार चाहिँ साँच्चै कति पैसा हात पर्ला भन्ने प्रतीक्षा र सुखी पनि थियो । पैसा हात परेपछि खुसीयाली बाँडौँला मासु ल्याएर खाउँला भन्ने थियो । तर यो सुखी साट्न नपाउँदै यस्तो नसोचेको भयो । कहिले काम राती गर्नु पर्ने हुन्छ त कहिले दिउँसो त्यसैले पनि निद्रा मज्जाले पुर्‍याउ...

सम्बन्धित सामग्री

कुम्भमेलाको जननी

‘ने’ नाम गरेका मुनिले पालन गरेको हुनाले यो देशको नाम नेपाल रहन गएको हो । त्रिकालदर्शी मुनिले पालन गरेको देश हरेक दृष्टिले उत्तम हुन्छ नै । त्यस्तै भगवान् यज्ञ वराहले हिरण्याक्षद्वारा पातालमा धसाइएकी पृथ्वीलाई उद्धार गरिसकेपछि वराह क्षेत्र धाममा आफू समाधिस्थ हुनुभएको हो । यिनै प्रमाणिक तथ्यका आधारमा हामीहरू नेपालका पवित्र स्थल पिण्डेश्वर चतराधामलाई कुम्भमेलाको जननी हो भनेर सहजै विश्वास गर्न सक्‍छौँ । यो एउटा अनुसन्धानको विषय पनि हो ।

सरकारले छिटो उद्धार गरे हुन्थ्यो, हामी त भगवान् भरोसामा बङ्करभित्र बसिरहेका छौँ

लुइस रिजाल, बर्दिया इजरायल । यहाँ आइपुगेको २८ दिन हुनै लागेको थियो । यहाँ आएपछि पहिलो पटक हातमा तलब पर्ने दिन नजिकिँदै थियो । सोमबार तलब आउने भएकाले शुक्रबार सबै साथीहरूले कसले कति घण्टा काम गर्‍यो, कति कमायो भनेर कुराकानी गरेका थियौँ । अब सोमबार चाहिँ साँच्चै कति पैसा हात पर्ला भन्ने प्रतीक्षा र खुसीपन...

भगवान् मलाई उल्लु बनाइदिनोस् !

हे भगवान् ! हे लक्ष्मी माता ! अब म उल्लु बन्न चाहन्छु । मलाई आफ्नो शरणमा लिनोस् । मेरो उद्धार गर्नुहोस् । मैले मेरो जीवनको धेरै समय व्यर्थै गुमाएछु । सिद्धान्त र आदर्श भन्दै धेरै भुलियो । मित्रभन्दा शत्रु बढी बनाइयो । बल्ल अहिले बुद्धि फिरेको छ । मैले निश्चय गरेको छु कि म अब आफ्ना सबै सिद्धान्त, मूल्य, मान्यतालाई तिलाञ्जलि दिन चाहन्छु । हे माता ! यदि तपाईंले मलाई आफ्नो वाहन उल्लुको दर्जा दिनुभयो भने म त्यसलाई निष्ठापूर्वक पूर्ण इमानदारीका साथ पालना गर्नेछु । मेरो दुर्दशा तपाईंको दिव्यदृष्टिबाट लुक्नै सक्तैन । कृपा गरेर मेरो भुललाई माफी बक्सियोस् र आफ्नो प्रिय वाहन बनाइस्योस् । देवकोटाले आफूलाई भेडा बनाइदिन भनेका थिए । म उल्लु बनाइदिन अनुरोध गर्दै छु । उनी कथित ज्ञानीबाट वाक्कदिक्क थिए, म अचेलका भुइँफुट्टे धनीबाट । हे माते ! तपाईं त सर्वज्ञ हुनुहुन्छ । देवकोटाले आफूलाई भेडा बनाइदिन भनेका थिए । म उल्लु बनाइदिन अनुरोध गर्दै छु । उनी कथित ज्ञानीबाट वाक्कदिक्क थिए, म अचेलका भुइँफुट्टे धनीबाट । धेरै मानिसहरू सुख सुविधापूर्ण र सम्पन्न जीवन व्यतीत गरिरहेका छन् । हाम्रो देश नेपालमा लोकतन्त्र नामक एकतन्त्र चलिरहेको छ । यहाँ त यत्र–तत्र–सर्वत्र हजुरको भन्दा बढी नेताहरूको जय–जयकार चलिरहेको छ । हजुरको भन्दा नेताको गजुरका पछाडि ठूलो भीड छ । मिडिया छन् । पैसाको त कुनै हिसाबै छैन । तर म भने सिद्धान्तवादी बनेर नेताहरूका, दलहरूका भीडको अंग बन्न सकिनँ । परिणाम यो छ कि भौतिक शरीरलाई जिउँदो राख्नकै लागि दुई छाक जुटाउन भौंतारिइरहेको छु । म कहिले पानीको लाइनमा हुन्छु त कहिले पेट्रोलको । कहिले सवारी लाइसेन्स लिने लाइनमा पुग्छु त कहिले राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा । कहिले फोहोर फ्याँक्ने लाइनमा हुन्छु त कहिले पासपोर्ट लिने लाइनमा भौंतारिन्छु । लाइनमा बस्दा बस्दै मेरो सिंगो बालापन र जवानी ढल्किसकेको छ । म थकित र गलित छु । तर लाइन बस्न अझै बाध्य छु । यो गणतन्त्र नामक डेमोक्रेसीमा जातिवाद, धर्मवाद, दलवाद, गुटवाद एक वटवृक्षसरी पुष्पित र पल्लवित भइरहेका छन् । साथै डनबल, धनबल, बाहुबल जस्ता अस्त्रशस्त्रका प्रयोग दिनप्रतिदिन बढ्दो छ । मन्त्री, नेताका पछि लाग्ने भीड देखेर मलाई लाग्छ कि ‘गणतन्त्र इज गभर्मेन्ट अफ द फूल्स, फर द फूल्स एन्ड बाई द फूल्स ।’ त्यसैले म पनि एक शिक्षित फूल बन्न चाहन्छु । हे माता ! अंग्रेजीमा तपाईंको वाहनलाई फूल भन्छन् । नेपालीमा सामान्य बोलचालको भाषामा त्यसलाई उल्लु भन्छन् । मलाई हजुरको वाहन उल्लु बनाउनुस् । त्यसो भएपछि म पनि हजुरको कृपापात्र बन्छु । तब मसँग भौतिक सुविधाको कमी रहने छैन । त्यसपछि मैले अभावग्रस्त जीवन बाँच्नु पर्दैन । माते ! मलाई वरदान दिनुहोस् । म उल्लु बनेर धनवान् हुन चाहन्छु । दुईचक्के, चारचक्के एकसे एक लक्जरी गाडीका मालिक बन्नुका साथै भव्य आलिशान बंगलामा बस्न चाहन्छु । विश्वका एकसे एक देश घुमेर आफ्ना देशवासीलाई गफ दिन चाहन्छु । जब म नेताहरूलाई हेर्छु, कतिपय व्यवसायीलाई देख्छु, उनीहरूमा माता सरस्वतीको कृपा शून्य छ । तर उनीहरूले हजुरको कृपा भने राम्रैसँग प्राप्त गरेका छन् । त्यो देख्दा मलाई औधि औडाहा हुन्छ । हिजोमात्र एकजना नेताका पिछलग्गुलाई पशुपति आर्यघाटमा देखेको थिएँ । उक्त युवक आफ्ना साथीहरूलाई आफ्नो नयाँ ठूलो टेस्ला चलाएर त्यहाँ पुगेको थियो । ऊ त्यहाँ पुगेर मृतकको आत्माले कति शान्ति पायो थाहा छैन । तर यी युवक र यिनका साथीहरूका गतिविधिले घाटमा अशान्तिको माहोल भने बनेको थियो । किनकि मानिसहरूको ध्यान चितामा जलिरहेको शवमा भन्दा उनीहरूप्रति बढी थियो । यसको मूल कारण नै लक्ष्मीमाताको ती युवकप्रतिको कृपादृष्टि थियो, जुन कुरा उनको गाडी, लवाइ, खवाइ, फूर्तिफार्तीबाट स्पष्ट झल्कन्थ्यो । हुन पनि यहाँ जसको महँगो सवारीसाधन र ठूलो भवन, उसको त्यति नै ठूलो सामाजिक प्रतिष्ठा । मन्त्री, नेताका पछि लाग्ने भीड देखेर मलाई लाग्छ कि ‘गणतन्त्र इज गभर्मेन्ट अफ द फूल्स, फर द फूल्स एन्ड बाई द फूल्स ।’ हे माता ! मेरा छिमेकी, समाजका मेरा वरपरका सबैले हजुरको आराधना गरिरहे । तर म एक अज्ञानी बनेर बसिरहेँ । माता मलाई क्षमा बक्सियोस् । मेरो दुःख दरिद्रता हरण गरिदिनोस् । मलाई उल्लु बनाइदिनोस् । म हजुरको वाहन बनेर सबै कुरा ठीक त्यसैगरी गर्नेछु, जस्तो समयको माग छ । म वाचा गर्छु कि उल्लु बनेपछि म यस्तो उस्तो कुनै कार्य गर्नेछैन, जसलाई लिएर हजुरको महिमामाथि कसैले औंला ठड्याउने हिम्मत गरोस् । माता ! अहिलेसम्म सरस्वती माताले जुन वरदान दिनुभएको थियो, त्यसको परिणाम समाजमा र स्वयं आफ्नै परिवारमा समेत म गोबर गणेशको उपनामले अपहेलित भइरहेको छु । तर हे लक्ष्मी माता, म यो सोचिरहेको छु कि जब हजुरको कृपा ममाथि पर्नेछ, तब म यो सावित गर्नेछु कि म पनि केही कामलाग्ने मान्छे हुँ । त्यसैले, हे माते ! मलाई उल्लु बन्ने वरदान दिनैपर्‍यो । हजुर दयालु हुनुहुन्छ, म अज्ञानीमाथि कृपालु बनेर मलाई छिट्टै उल्लु बनाइदिनुपर्‍यो । यदि म उल्लु बनेँ भने मसँग पनि धनबल आइहाल्छ । धनबल आउनासाथ बाहुबल त स्वतः आइहाल्छ । अनि त म पनि धनबली र बाहुबली कहलिनेछु । अनि मिडिया व्यवस्थापन गर्नेछु । अनलाइन चलाउनेछु । सेल्फी लिने समूह तयार गर्नेछु । सामाजिक सञ्जालमा सक्रिय देखिन अपलोडर राख्नेछु । त्यसपछि लठैत र बन्दुकधारीको समूह पनि बनाउनेछु । ढुंगागिटी उत्खननदेखि कुनै नयाँ क्षेत्रको लाइसेन्स दिनेलगायत जहाँ जहाँ आर्थिक गतिविधि भइरहन्छन्, त्यहाँ मेरो सहभागिता हुनेछ । त्यहाँबाट यी विभिन्न समूह मलाई मालामाल गराउन सक्रिय रहिरहनेछन् । राजदूत लगायत कुनै पनि सरकारी निकायमा नियुक्ति, सरुवा, बढुवा आदिबाट पनि आम्दानी बाँध्ने काम गरौंला । धन जम्मा गर्न नेताहरूले गफ त बेचिरहेकै हुन् । हामी पनि जे जे बेच्न सकिन्छ, बेचौंला । नदीनाला खोला बेचौंला, ढुंगागिटी बेचौंला, सरकारी जग्गा जमिन बेचौंला । सकेसम्म आकाश पनि बेचौंला । पर्‍यो भने कानून बनाउनुपर्ने विधायक अर्थात् सांसदलाई संसद् समेत अवरोध गर्न लगाउँला । बेलाबेलामा सांसद त बेचिरहेकै हो, उस्तै परे संसदै बेचौंला । इमान जमान त कुन ठूलो कुरो भो र ? धर्मै पनि बेचौंला । मौका मिले देशै बेचौंला । त्यसैले, हे माता लक्ष्मी ! मलाई आफ्नो वाहन अर्थात् उल्लु बन्ने सौभाग्य प्रदान गर्नुहोस्, ता कि म पनि जीवनको बचेखुचेको समय अनुकूल ऐश–आरामसँग बाँच्न सकूँ । माता ! म अभावग्रस्त छु, शारीरिक र मानसिक रूपमा अस्वस्थ छु । कृपया मलाई उल्लु बनाएर छिट्टै धनवान् बनाइदिनोस् । म अब गुमनाम मृत्यु मर्न चाहन्न !