उठ्नोस्, भ्रष्टाचार गर्नोस्

नेपालमा भ्रष्टाचारले संस्थागत रूप धारण गरिसक्या छ । लाखौं प्रयास गर्दा पनि नेपालमा भ्रष्टाचार कम हुनुको साटो झन् बढिरहेको छ, हरेक वर्ष नयाँ नयाँ सिढीहरू चढिरहेको छ । भ्रष्टाचारको रोग यसरी बढ्दै गइरहेको छ कि यो रोगबाट अब कोही पनि शायद अछूतो नहोला । देशकोे सबभन्दा सानो एकाइ वडादेखि प्रधानमन्त्री कार्यालयसम्म, पियनदेखि बडाहाकिमसम्म सबै भ्रष्टाचारको पन्जामा परेका छन् । विनाघूस आज सरकारी फाइल अगाडि बढ्नै सक्दैनन् । अपवादलाई छाडेर आज सर्वत्र भ्रष्टाचारको बोलवाला देखिन्छ । यसरी देशकै एउटा अभिन्न अंग बनिसकेको अवस्थामा भ्रष्टाचारलाई कसैले गलत भन्छ भने ऊ भ्रममा छ । किनकि भ्रष्टाचार त अजर अमर पो छ त । तर हिजोआज एकथरी मनिसहरू आन्दोलित हुन थालेका छन् सरकार र भ्रष्टाचारका विरुद्धमा, सरकार पनि बदल्ने र भ्रष्टाचार पनि समाप्त पार्ने भन्दै कोही सामाजिक अ–सामाजिक सञ्जालमा त कोही टिभीमा, कोही सडकमा त कोही होटल, रिसोर्टमा बसेर भ्रष्टाचारविरुद्ध आगो ओकलिरहेका छन् । तर सरकार भन्ने जन्तु रहेसम्म भ्रष्टाचार रहन्छ र भ्रष्टाचार रहेसम्म सरकार रहन्छ भन्ने तिनले नबुझेजस्तो छ । मलाई यी अबुझ आन्दोलनकारीहरूको अज्ञानप्रति दया लागेर आउँछ भन्या ! एक्काइसौं शताब्दीको नेपालमा भ्रष्टाचार नै असली शिष्टाचार हो भनेर किन नबुझेको होला ? यसको अभावमा न दल, न नेता, न सरकार न समाज नै चल्न सक्छ । मन्दिर र पूजामा समेत भ्रष्टाचार हुन्छ । अब देउताले त रोक्न नसकेको भ्रष्टाचार देउवाले किन र कसरी रोक्ने ? त्यही भएर देख्नुभएन पार्टीका कार्यक्रममा भ्रष्टाचारविरोधी नारा भएको ब्यानर राख्न नदिएको ? वास्तवमा भ्रष्टाचार कुनै भौतिक चीज नभई एक आध्यात्मिक र आत्मिक तत्त्व पो हो, जसको अभावमा कसैले पनि शान्ति प्राप्त गर्न सक्दैन । अनि तपाईंले गाली गर्दैमा भ्रष्टाचार समाप्त हुन्छ र ? त्यो त आफूले नपाएर गाली गरेको त हो नि, पाए बाँकी राख्नुहोला र ? वास्तवमा भ्रष्टाचारको एक हिस्सा तपाईं पनि र म पनि हो । हामीले कसैलाई चुनेर सांसद बनाउँदैमा हाम्रो जिम्मेवारी त्यहीँ सिद्धिन्छ र ? सिद्धिँदैन नि । तर हामी सांसद मन्त्रीलाई गाली गरेर जिम्मेवारी पूरा भयो भन्ठान्छौं । त्यसैले, हामीले भ्रष्टाचारको विरोध गर्नै हुन्न । विरोध गर्ने भए पहिले आफूलाई हेर्नुस् । जस्तै, सडकमा ट्राफिक पुलिस छैन भने तपाईं लेन मिचेर अगाडि बढ्नुहुन्छ नै । सरकारी अफिसमा जाँदा काम छिटो गराउन कर्मचारीलाई २/४ हजार अतिरिक्त पैसा तिर्न अघि सर्नुहुन्छ । आफ्नो काम बनाउन नेताकहाँ नगद र अनेक उपहार बोकेर जानुहुन्छ । जब कर चुक्ता गर्ने समय आउँछ, तपाईं अडिटर वा सिएलाई भनेर कहाँ कसरी कर नतिर्न सकिन्छ भनेर छिद्र खोज्नुहुन्छ । तपाईं घर वा फ्याक्ट्रीको बिजुलीको मिटरमा तार फसाएर मिटर ढिलो चलाउने तिगडम गर्नुहुन्छ । आफूलाई फाइदा हुन्छ भने नैतिक अनैतिक सबै उपाय अपनाउन खोज्नुहुन्छ । अनि भ्रष्टाचारको विरोध गर्ने नैतिकता तपाईं हामीसँग हुन्छ र ?  यदि हामी पौने तीन करोड नेपालीले आआफ्नो ठाउँमा बसेर भ्रष्ट आचरण नगर्ने हो भने, कतै पनि भ्रष्टाचार हुनै सक्दैन । तर के त्यसका लागि तपाईं, हामी तयार छौं र ?  जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । वास्तवमा भ्रष्टाचार मात्र यस्तो तत्त्व हो, जहाँ कहीँ कतै भेद रहँदैन । भ्रष्टाचारमा आफ्नो परार्ईको कुरा छाडौं, स्वयम् आफ्नै पनि होश रहँदैन । भ्रष्ट आचरणको परम अवस्थामा यति भेद पनि रहँदैन कि को बाउ हो को छोरा हो । भ्रष्ट अधिपतिको मन्दिरमा को म र को तँ ? वास्तवमा भ्रष्टाचारको तल्लीनतामा त भक्त भगवान् हुन्छ, भगवान् भक्त बन्छ । भ्रष्टाचारको तत्परतामा न कोही पुजारी हुन्छ, न कोही पूज्य हुन्छ । त्यहाँ केबल परम अनीति बाँकी रहन्छ । त्यहाँ त अन्यायको नाद बजिरहन्छ । त्यहाँ केवल द्रव्य अर्थात् डलर, रुपैयाँ आदि नै परम संगीत हुन्छ । बडो अलौकिक घडी पो हुन्छ त । जसरी घोर अँध्यारोमा चन्द्रमाको ज्योतिले बडो मनमोहक उज्यालो छरिरहन्छ, त्यसैगरी यो अपूर्व महासुखको क्षणमा नै सम्पूर्ण कष्टहरूको हरण गरिदिन्छ । त्यसैले, भ्रष्टाचारको यस्तो चन्द्रमणिलाई त बरु प्राणप्रणबाट रक्षा गर्नुपर्दछ । कार्यालयरूपी मन्दिरमा त झन् यसको प्राणप्रतिष्ठा एकदमै जरुरी हुन्छ । समस्त गर्भगृहदेखि लिएर कार्यालयरूपी मन्दिरको गजुर परिक्रमा स्थलसम्म भ्रष्ट आचरणको झण्डालाई साहसपूर्वक फहराइरहनु पर्दछ । त्यसैले म भन्छु, तपाईं भ्रष्टाचार विरोधी यी राजा हरिशचन्द्रका सन्तानहरूका कुरा नसुन्नुहोला । किनकि उनीहरू भन्छन् कि जन्मौंजन्मको कर्मबाट मात्र मीठो फल प्राप्त गर्न सकिन्छ । त्यसका लागि सत्मार्गमा चल्नुपर्छ, नीतिवान् बन्नुपर्छ, आदि आदि । तर त्यसो गरेर त यो एकबारको जुनीमा फल प्राप्त गर्न धेरै कठिन पो देखिन्छ त हौ ! जन्मौंजन्म लाग्न सक्छ । यसरी चाँडै फल लाग्नेवाला त छैन । अनि घर घडेरी कसरी जोड्ने ? सरर कार कहिले गुडाउने ? एउटा जीवन यत्तिकै सडाउने ? अहँ हुन्न !  म त भन्छु– साहस गर्नोस् घूसामृत पाउनका लागि । त्यो नगदमै हुनुपर्छ भन्ने छैन । त्यो कसैको शरीरको रूपमा हुन सक्छ, कारको रूपमा हुन सक्छ वा कोठीको रूपमा पनि । कुनै व्यापार व्यवसायको हिस्सा हुन सक्छ वा विदेश शयर । कुनै जमीनको टुक्रा तपाईंको नाममा दर्ता हुन सक्छ । कुनै सरकारी ठेक्का पनि पाउन सकिन्छ । यी सबै कुरा भक्षणयोग्य छन् । यो महान् कार्यमा अभक्ष्य र अपाच्य केही पनि छैन । यदि भ्रष्टाचारको शिष्टाचार अपनाउनुभो भने एक क्षणमै जीवन प्रकाशमय हुने घटना सम्पन्न हुन सक्छ, एक पलमै । जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । त्यहाँ त अलौकिक महासुख मात्र छ । तपाईं यो जडसूत्रवादी नीति, धर्म, सत्य आदिका चक्करमा आफूलाई अघि बढ्नबाट नरोक्नुहोस् । भ्रष्टाचार आधुनिक मानिसको आवश्यकता हो । अभीप्सा हो, हिम्मत हो, रस हो, तागत हो, प्रेम हो । आफ्नो जीवनलाई यो भ्रष्टाचारको आन्दोलनमा समाहित गरिहाल्नोस् । छिटो गर्नोस् । आउनहोस्, उठ्नुहोस्, भ्रष्टाचारको बाटोमा अघि अघि बढ्नुहोस् । यसैमा त छ सबैको सफलता र सबैको कल्याण पनि । ‘सबै धर्म त्यागेर मेरो शरणमा आऊ’ भनेर धर्मशास्त्रमै लेखिएको छ । त्यस्तै, नेपाली राजनीतिशास्त्रमा भने सबै आचरणको परित्याग गरेर भ्रष्टाचरणको शरणमा आऊ भन्ने छ । यत्ति कुरा चैं बुझ्नुस् है ! 

सम्बन्धित सामग्री

‘व्याप्त भ्रष्टाचार रोक्न गरौं हातेमालो’

काठमाडौं । देश भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, व्याप्त भ्रष्टाचार रोक्न निकै चुनौतीपूर्ण छ । त्यति मात्रै होइन अख्तियारको थप निष्कर्ष छ, ‘सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान छ ।’ अख्तियारको यो […]

वृक्षारोपणको बजेटमा भ्रष्टाचार

काठमाडौँ । वातावरण संरक्षण गर्ने र हरियाली प्रवर्द्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ । तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार […]

भ्रष्टाचार नियन्त्रण, कुरामा होइन काममा

भ्रष्टाचार नेपालको सामाजिक महारोग हो। यसको नियन्त्रणका लागि भ्रष्टाचार निवारण ऐन, सुशासन ऐन र  सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा छन्। तर, ताजूवको कुरो, भ्रष्टाचार ज्यूँकात्यूँ छ।नेपाल सरकारले सुशासनलाई प्राथमिकता दिदै भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गरेको छ। साथै,  सुशासन प्रबर्द्धनका थुप्रै कार्यक्रम संचालन गरिआएको छ। तथापि, यी सबै प्रयासको बाबजुद विश्वव्यापी रुपमा सुशासनको मापन गर्ने सूचकाङ्कले नेपालको अबस्था कमजोर देखाएको छ।ट्रान्सपरेन्सी ईण्टरनेशनलको करप्सन परसेप

भ्रष्टाचार न्यूनीकरणमा सचेतना

विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न बागलुङका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो ।

संस्थागत भ्रष्टाचार र बेरुजु

भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […] The post संस्थागत भ्रष्टाचार र बेरुजु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कहाँ हुन्छ भ्रष्टाचार ? कसरी हटाउने भ्रष्टाचार ?

के हो भ्रष्टाचार ?  भ्रष्टाचारलाई अथ्र्याउने सन्दर्भमा एकजना प्रशासकले भनेका थिए ‘यो सवैले गर्ने तर गरेको देखाउन नचाहने कार्य हो ।’ यस अभिव्यक्तिले भ्रष्टाचार प्रणालीवद्ध र