काठमाडौं : शेरबहादुर देउवाले नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन्। छात्र सङ्घबाट उदाएका देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन।डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मिएका देउवा नेपाली काग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गर्नुप¥यो। विद्यार्थी