माधव नेपाल पक्षका सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं
'संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन भएको सरकारलाई विश्वासको मत दिनका लागि ह्विप नलाग्ने प्रावधान छ,' उनले भनिन्, 'हामीले त्यही व्यवस्थाअनुसार विश्वासको मत दिने हो।'
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्। देउवालाई माधव नेपाल र केपी शर्मा ओली दुवै पक्षका सांसदले विश्वासको मत दिएका हुन् ।
देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुङ्खे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कल...
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकाेमा विपक्षमा ८३ मत खसेका छन् भने एक मत तटस्थ रहेकाे छ । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्...
काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् ।
घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...
काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् । माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने […]
काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो ।
नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रह...
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र रोचक घटना विकास भएको छ । एमालेको माधव नेपाल पक्षधरका हस्तीहरुले विश्वासको मतको पक्षमा मत नदिने घटना विकास भएको हो । एमाले उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत सांसदहरु देउवाले आजै विश्वासको […]
काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कर्तव्य भएको बताएकी हुन् । उनले भनिन्, ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट […]
नेकपा एमालेको माधव नेपाल पक्षका कम्तिमा १० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।
नेपाल पक्षका १० सांसदले आइतवार काठमाडौंको एक होटलमा भेला भएर देउवाको पक्षमा भोट दिने निर्णय गरेका हुन् । उनीहरूलाई अहिले पनि होटलमा नै राखिएको छ ।
सांसदहरू विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायत १० जना सांसदले देउवाको पक्षमा विश्वासको मत दिने तयारी गरेका छन् ।
‘हामी आफैँले हस्ताक्षर गरेर बनेको हुनाले कम्तिमा पनि १० जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे यतिखेर नेता नेपाल निवास कोटेश्वरमा छलफल भइरहेको छ। प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद् सचिवालयमा दर्ता गराइसकेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका माधव समूह सरकारको निरन्तरतामा