बतासलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो : अब तपाईहरुको अक्सिजन प्लान्ट चाहिँदैन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बतास फाउण्डेसनले दिने भनिएको अक्सिजन प्लान्ट अब आवश्यक नरहेको बताएको छ। अस्पतालले आवश्यकता परेको बेला प्लान्ट नपाएको भन्दै अब आवश्यक नरहेको प्रष्ट्याएको...

सम्बन्धित सामग्री

गण्डकी अस्पतालले फर्काइदियो बतासको अक्सिजन प्लान्ट

२६ वैशाख, पोखरा । सर्वसाधारण र व्यवसायीबाट पैसा उठाएर बतास समूहले किनेको अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले फर्काइदिएको छ । चाहिएको बेला जडान नभएको र अहिले आवश्यकता नै नभएको भन्दै अस्पताल …

थन्कियो चन्दाले किनिएको अक्सिजन प्लान्ट

कोभिड महामारीको दोस्रो लहर चलिरहँदा पोखराका अस्पतालमा अक्सिजनको चरम अभाव भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ०७८ जेठ १४ मा एकैदिन ६ जना कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाए ।

बतास फाउण्डेशनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

सरकारी अस्पतालमा अब अक्सिजनकै अभावमा विरामीले सकस भोग्नुपर्ने छैन्। कोरोनाकालमा अक्सिजनकै अभावमा विरामीले ज्यानै गुमाउनुपर्ने अवस्था थियो। अक्सिजनको चरम अभाव बढेपछि निजी संस्था बतास अर्गनाईजेशन अन्तर्गतको बतास फाउण्डेशनले पोखराकै पुरानो सरकारी अस्पताल पश...

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं (अस) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका ३५ अस्पताललाई उक्त रकम दिने निर्णय गरिएको आइतवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूति तथा स्त्री रोग अस्पताल, गंगालाल अस्पताल, मनमोहन कार्डियो भास्कुरल तथा ट्रान्सप्लान्ट सेन्टरलाई संरचना निर्माणका लागि रकम दिन लागिएको हो । यसैगरी नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, कोशी प्रादेशिक अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, मेची अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, भक्तपुर अस्पताल, बागलुङ अस्पताल, भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि सरकारले रकम उपलब्ध गराउने भएको छ । साथै धुलिखेल अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला श्वासप्रश्वास अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डँडेलधुरा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई संरचना निर्माणका लागि स्रोत उपलब्ध गराउने जानकारी प्रवक्त गौतमले दिए । ३६० आईसीयू, १८० भेन्टिलेटर बेड, १९ अक्सिजन प्लान्ट, २६ अक्सिजन ट्यांक निर्माणका लागि कोभिड उपचारमा संलग्न देशभरका सरकारी अस्पताललाई सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताए । ‘अस्पतालको क्षमता र अस्पतालमा उपचाररत बिरामीको संख्या हेरेर रकम विनियोजन गरिएको छ,’ उनले भने ।

कोरोनाको महामारीमा पोखराका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट

पोखरामा रहेका अधिकांश सरकारी र निजी अस्पतालमा भने अहिलेसम्म अक्सिजन प्लान्ट छैनन्। गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि अक्सिजन प्लान्ट छैन।