काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा पहिरोका कारण विस्थापित भएकालाई राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन्।पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाउँ नै जोखिमम