कारोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ।न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ ५ बजे निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए। ५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा बसेर  अस्पताल भर्ना भएका थिए।उनलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो।  

सम्बन्धित सामग्री

पुण्य गौतममाथि आक्रमणमा संलग्न दुईजना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् । गत असोज २१ गते राति गौतममाथि […]

बुढानीलकण्ठ नगरपालिकाका मेयरलाई १ महिना कैद गर्न आदेश - NepaliPatra

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ ।   काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो ।   ‘पालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक अधिकारलाई अतिक्रमण गरेको देखिन आएको छ । यसो गर्ने अधिकार राज्यको हुँदैन’, फैसलामा भनिएको छ,‘ प्रतिवादीले अदालतको […]

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

१७ मंसिर, काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय […]

सन्दीपविरुद्धको मुद्दा अस्पतालबाट किशोरीको जन्म प्रमाण झिकाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । जसमा ‘मुद्दामा महत्वपूर्ण मानिएको जन्मदर्ता तथा साथी देव खनाल र […] The post सन्दीपविरुद्धको मुद्दा अस्पतालबाट किशोरीको जन्म प्रमाण झिकाउन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीपविरुद्धको मुद्दा : अस्पतालबाट किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश

१२ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य […]

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार प्रकरण दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा […] The post नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण appeared first on राजधानी राष्ट्रिय दैनिक.