उपनिर्वाचन : कांग्रेस र एमालेको तारोमा रास्वपाका उम्मेदवार

काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध खनिन थालेका छन्।उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस-एमालेका कमाण्डरहरूले रास्वपाका नेताहरूको आलोचना गरेर आफू र आफ्नो पार्टीका उम्मेदवार गतिलो देखाउने प्रयत्न गरेका छन्।चितवन क्षेत्र २ मा खटिएका एमाले नेता गोकुल बास्कोटाले रवि लामिछानेप्रति लक्षित गर्दै चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेकाले अब नयाँ पालुवा पलाउने दाबी गरेका छन्।त्यत

सम्बन्धित सामग्री

उपनिर्वाचन उपक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ४ को निर्वाचनमा विजय हासिल गरेका यो ठाउँमा पुनः कांग्रेस उम्मेदवार विजयी हुन सकेनन्। यसले कांग्रेस मतदाताबीच लोकप्रिय हुन नसकेको सन्देश गएको छ।...

देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचन जिताए मन्त्री बनाउने आश्वासन दिएका छन्। आज तनहुँ क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे। त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताएपछि प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको बताए। मंसिर ४ को निर्वाचनमा समेत हरेक निर्वाचन क्षेत्रमा पुगेर प्र

चितवन  उपनिर्वाचन :  केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्।

उपनिर्वाचनलगत्तै सरकार परिवर्तनको हल्ला, देउवा प्रधानमन्त्री बन्ने !

काठमाडौं, २ बैशाख । बैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन सकिएलगत्तै कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलेको छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले छिट्टै सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि एकपछि अर्को गरेर नेताहरुले सरकार परिवर्तन हुनेबारे टिप्पणी गर्न थालेका छन् । […]

चितवन-२ उपनिर्वाचन: रविलाई टक्कर दिन राम र जितनारायणको दौड

काठमाडौँ – चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्। स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिकरुपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दै छन्। कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

लुम्बिनीमा आज राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं।लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य चयनका लागि आज उपनिर्वाचन हुँदैछ।मतदान बिहान ९ बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ।३ बजे मतदान सकिएपछि आजै मत परिणाम सार्वजनिक गरिनेछ। एमालेका चन्द्रबहादुर खड्का र एमाले छाडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। खड्काले माओवादी केन्द्र छाडेर एमालेमा गएपछि सो स्थान रित्त भएको थियो। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ।

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा पाण्डेयलाई राष्ट्रिय जनमोर्चाको समर्थन

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दृगनारायण पाण्डेयलाई समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै […]

माओवादी, कांग्रेस र जसपाको साझा उम्मेदवार डा. खिमलाल देवकोटा

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार हुने भएका छन्। देवकोटाको नाम हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रस्ताव गरेकोमा नेपाली कांग्रेस र जसपाले सहमति जनाइसकेको माओवादीका एक नेताले बताए। माओवादी त्यागेका रामबहादुर थापा बादललाई कारवाहीपछि रिक्त भएको बागमती प्रदेशको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो।