अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । शनिबार राति भएको हमलामा कसैेले ज्यान गुमाएको समाचार भने बाहिरिएको छैन । हमलापछि सबै उडान रद्द गरिएको छ । तालिवानले हमला गरिरहेको हुनसक्ने आशंका गरिएको छ । किनकी, तालिवानी लडाकुहरु