एजेन्सी। पछिल्लो २४ घण्टामा इराक र सिरियामा रहेका अमेरिकी रहेका कुटनीतिज्ञ र सेनामाथि पटक पटक हमला भएको छ। तीन रकेट र थुप्रै ड्रोनमार्फत गरिएको हमलामा त्यहाँ रहेका अमेरिकी दुतावासमा कार्यरत दुई कर्मचारी घाइते भएका छन्। हालसम्म कसैले हमलाको जिम्मेवारी नलिएपछि आक्रमण गर्ने इरानी ब्याक्ड सशस्त्र समूह हुनसक्ने अनुमान गरिएको छ।