नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा गैराराजनीतिक चरित्र हाबी भएको बताएका छन् । आइतबार काठमाडौंमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए । ‘राजनीतिक दलहरूमा गैर राजनीतिक चरित्र हाबी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछै