उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेसँगै भारतले अनुसन्धान थालेको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले जनाएको छ ।
केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि उत्पादन केन्द्रमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । खोकी सिरपको नमुना लिइएको र चण्डीगढको क्षेत्रीय औषधि परीक्षण प्रयोगशालामा पठाइएको पनि सङ्गठनले जनाएको छ । तर भारत...