बुद्ध एयरले झन्डै आधा घटायो डलर हवाई भाडादर, यस्तो छ नयाँ भाडादर

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले विदेशी पर्यटकका लागि लिँदै आएको हवाई भाडादर घटाएको छ। विदेशीका लागि निर्धारित डलर भाडादर लगभग आधाले घटाएको बुद्ध एयरले जनाएको छ। नेपाली र भारतीय हवाई यात्रुका लागि सजिलो र सहज भाडादर भएपनि विदेशी पर्यटकको हकमा डलरमै भाडा तिर्नुपर्ने प्रावधान रहेको छ। लामो समयदेखि रहेको गुनासोलाई सम्बोधन गर्दै बुद्ध एयरले ५४औं वार्षिकोत्सवको समयमा डलर भाडादर घटाएको छ। यसअघि पोखराका लागि १०६ अमेरिकी डलर तोकिएकामा जनवरी २०२२ देखि लागु हुने गरि ६५ अमेरिकी डलरमा झारिएको छ। अन्य गन्तव्य...

सम्बन्धित सामग्री

हवाई भाडा नौ सयसम्म घट्यो

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ...

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडादर

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको थियो । गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिनु भएको थियो […]

आन्तरिक हवाई भाडादर बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुने गरी वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो । इन्धनको मूल्य बढेसँगै सङ्घले रुटअनुसार न्यूनतम ९० देखि अधिकतम ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ । सङ्घकाअनुसार काठमाडौँ–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौँ–धनगढी रुटमा सबैभन्दा बढी […]

चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं हवाई भाडादर

पुस २५, सुर्खेत । सुर्खेतमा नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ ।  गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान शुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिँएसँगै भाडादर सस्तो भएको हो ।  बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको छ । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ ।  त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ नै दिएको छ ।  भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।  यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो ।

नेपाल एयरलाइन्सले सिमकोट–नेपालगञ्ज हवाई भाडा घटायो

सिमकोट – सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले सिमकोट–नेपालगञ्जको हवाई भाडादर घटाएको छ। सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका जनताको लागि एयरलाइन्सले हवाई भाडादर घटाएको हो। नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलबहादुर सुनारले आइतबारबाट लागू हुने गरी सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर घटाएको जानकारी दिए। अब सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर पाँच हजार ९१५ रुपैयाँ कायम भएको छ। […]

एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर

काठमाडौं (अस) । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा रू. ५ ले वृद्धि भएको भन्दै वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाएसँगै हवाई भाडादर बढेको हो । बढेको भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी छ । यो रूटको फ्युल सरचार्ज रू. २२० ले बढेको छ भने दोस्रोमा काठमाडौं–सुर्खेतको छ । यो रूटमा रू. १७५ ले भाडादर बढेको छ । यसैगरी काठमाडौं–भैरहवा रूटको सरचार्ज पनि रू. १०५ ले बढेको छ । यस्तै काठमाडौं–पोखराको रू. ८० बढेको छ । हाल वृद्धि भएको भाडादर सोमवारदेखि लागू हुनेछ । निगमले रू. ५ ले हवाई इन्धनको मूल्य बढाएसँगै अहिले प्रतिलिटर रू. १०१ पुगेको छ । यसअघि मूल्य समायोजन गर्दा हवाई इन्धनको मूल्य प्रतिलिटर रू. ९६ थियो ।

पुसदेखि लागु हुने गरी विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

१ कात्तिक, काठमाडौं । नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर घट्ने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो । कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा […]

बुद्ध एयरले घटायो डलर हवाई भाडादर

काठमाडौं (अस) । निजी क्षेत्रको वायुसेवाप्रदायक कम्पनी बुद्ध एयरले सन् २०२० जनवरीदेखि लागू हुने गरी डलर हवाई भाडादर घटाएको छ । विदेशी पर्यटक तथा यात्रुका लागि कम्पनीले झन्डै आधा प्रतिशतले भाडा घटाएको जानकारी दिएको छ । नेपालमा पर्यटकका लागि भिसा खुला गरिएसँगै पर्यटक आगमन सहज हुने र विदेशी पर्यटकलाई सस्तोमा सेवा दिने उद्देश्यले कम्पनीले डलरको भाडादर समायोजन गरेको हो । कम्पनीले पर्यटकीय गन्तव्य पोखरा, जनकपुर, भैरहवालगायत गन्तव्यको भाडादर घटाएको छ । कम्पनीका अनुसार पोखराका लागि १०६ डलर तोकिएकोमा जनवरी २०२२ देखि लागू हुने गरि ६५ डलरमा झारिएको छ । यस्तै, अन्य गन्तव्यमा पनि भाडादर समायोजन गरिएको छ । महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाई भाडाले थप आकर्षित गर्ने कम्पनीका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले दाबी गरे । पछिल्लो समय अनलाइनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशी बताउँछन् । कम्पनीका अनुसार काठमाडौं–पोखरा ६५ डलर, काठमाडौं–विराटनगर ७६, काठमाडौं–जनकपुर ४२, काठमाडौं–सिमरा ३०, काठमाडौं–भैरहवा ६५, काठमाडौं–धनगढी १३८, काठमाडौं–नेपालगञ्ज १०२ र काठमाडौं–भद्रपुरका लागि ९४ डलर भाडादर तोकिएको छ । यो भाडादर भने एकतर्फी हो । पर्यटकीय सिजन सुरु भएसँगै सरकारले अनअराइभल भिसा खुला गरेको र पर्यटक आगामी २०२२ मा बढ्ने सम्भावनाको प्रक्षेपण भएका बेला निजी क्षेत्रको उक्त कम्पनीले डलर भाडादर समायोजन गरेको छ ।

बुद्ध एयरले घटायो आवासीय भाडादर

बुद्ध एयरले आवासिय भाडादर घटाएको छ। ६ महिनादेखि नेपालमा बसोबास गर्दै आएका विदेशिहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासिय) हवाई भाडादर सस्तिएको हो।