सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो ।सरकारले उक्त बैठकबाट २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । यस्तो छ सार्वजनिक नयाँ भाडादर (सूची) 

सम्बन्धित सामग्री

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गर्दै आइरहेको छ।...

बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण, टिकट अनिवार्य दिनुपर्ने

बैतडी : बैतडीमा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ। यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जीपको नयाँ भाडादर निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र…

बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण

बैतडी– बैतडीमा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जिपको नयाँ भाडादर निर्धारण गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  […]

सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं : सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा बढाएको छ। इन्धनको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको विभागले जनाएको छ।यात्रुवहाक सवारीसाधनमा १ दशमलव ७९ प्रतिशत भाडा बढाइएको छ।हेर्नुहोस् सूची

सार्वजनिक यातायातको भाडादर बढाउने सरकारको निर्णय

सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा वृद्धि गर्ने सैद्धान्तिक निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तरप्रदेशमा लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो।  मन्त्रालयले बिहीबार भाडा बढाउने निर्णयसहितको...

सार्वजनिक सवारीको भाडादर बढाउन माग

काठमाडौं । यातायात व्यवसायीले इन्धनमा मूल्यवृद्धिको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गरेका छन् । यसअघि गत असार अन्तिममा सरकारले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढाएको थियो । त्यसबेला भाडादर बढेपछि अहिलेसम्म सरकारले पटकपटक गरेर डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३८ रुपैयाँ मूल्य बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गर्दै आएका छन् । व्यवसायीले त्यतिबेला सार्वजनिक सवारीसाधनको भाडादर बढाउन मागसहित  यातायात नै बन्द गरेर आन्दोलन समेत गरेका थिए । असारमा भाडादर बढेपछि इन्धनको मूल्य धेरैपटक बढे तापनि सवारीसाधनको भाडादर नबढेको भन्दै यातायात व्यवसायीले विभिन्न निकाय धाउँदै भाडादर बढाउन माग गर्दै आएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले भाडादर वृद्धिको माग गर्दै शुक्रवार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई भटेको छ । सोही विषयमा महासंघले आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई ज्ञापनपत्र बुझाउने भएको छ । अहिले भइरहेको इन्धनको मूल्यवृद्धिको अनुपातमा सवारीसाधनको भाडादर बढाउनुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष भरत नेपालले बताए । उनका अनुसार यसअघि असारमा समायोजन गरिएको भाडादर पनि बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा लागू हुन सकेको छैन । भाडादर बढाइए सर्वसाधारण बढी मारमा पर्ने अहिले कायम भाडादर बढाइए दैनिक सवारीसाधन चढेर यात्रा गर्नुपर्ने सर्वसाधारण नागरिक सबैभन्दा बढी मारमा पर्नेछन् । त्यसैले सरकारले इन्धनको मूल्य र यातायात व्यवसायीले सवारीसाधनको भाडादर बढाउँदै जाने परिपाटीको अन्त्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले पेट्रोलियम पदार्थमा लिने कर घटाएमा सहुलियत दरमा इन्धन उपलब्ध गराउन सकिने सुझाइएको छ । ‘यसबीचमा पटकपटक इन्धनको मूल्य वृद्धि भयो, भाडादर पनि बढ्यो, तर सर्वसाधारण जनताको आयस्तर नबढेकाले भाडादर बढाइनु उपयुक्त हुँदैन,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । जनताको अधिकारप्रति सरकार जिम्मेवार नहुँदा उपभोक्ताले समस्या बेहोर्नुपर्ने अवस्था आएको उनले बताए । सरकार र व्यवसायी दुवैले नागरिकको क्रयशक्तिलाई पनि ध्यानमा राखेर निर्णय लिनुपर्ने धारणा उनको छ ।

सुर्खेतमा सवारीसाधनको नयाँ भाडादर तोकिने

सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको सरोकारवालाको बैठकले जिल्लाभर लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारीसाधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको बताए । यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको उनको भनाइ छ । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारीसाधनले मनमानी भाडा असुलेको, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, सवारीसाधनमा आफूखुशी संरचना बनाएको, सवारीसाधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रूट परमिट नभएका सवारीसाधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायत समस्या पाइएको बताए । दुईदिने अनुगमनका क्रममा ५०० सवारीसाधनको चेकजाँच गर्दा ४९ ओटा कारबाहीमा परेको उनले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारीसाधनहरूमा नियम कानून कार्यान्वयन तुलनात्मक रूपले सुधारोन्नमुख रहे पनि अझै पर्याप्त हुन नसकेको बताए । ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारीचालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको उनले औंल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरूले राखेका थिए । सार्वजनिक यातायात क्षेत्रका संघसंस्थाका प्रतिनिधिले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धराशयी बनेको र अझै पनि व्यवसाय माथि उठ्न नसकेकाले विभिन्न समस्या झेल्नुपरिरहेको बताए ।

बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो, उपत्यकामा न्यूनमत १८ रुपैयाँ

२० असोज, काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म […]

मनोमानी रोक्न भाडादर कायम गरिने

बलेवा । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको छ । प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको […]

२८ प्रतिशतले सार्वजनिक यातायात भाडादर वृद्धि

नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐनले दिएको अधिकार प्रयोग गरी जिल्लाका यातायात व्यवसायीले हाल कायम भाडा दरमा २८ प्रतिशतले वृद्धि गरेका हुन्।...