जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने

काठमाडौं । १९ महीनाअघि भारतबाट ल्याइएका दुई थान रेल आगामी शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन् । चैत १९ गते शनिवार रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ । चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ । देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । ‘दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गर्नुहुनेछ,’ झाले भने, ‘नेपालबाट उक्त रेलमार्गमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतको भौतिक उपस्थिति हुनेछ ।’ २०७७ असोजमा ल्याइएका दुई थान रेल माघ अन्तिमसम्म पार्किङमै थिए । कानून, कर्मचारी र बजेटको अभाव देखाउँदै रेल सञ्चालनको तिथि पटक–पटक सारिएको थियो । कानूनी बाधा फुकाउन भन्दै तेस्रोपटकसम्म सरकारले रेलवे अध्यादेश ल्याइसकेको छ । गत साता तेस्रोपटक अध्यादेश जारी भएको थियो । गत बुधवारको नेपाल राजपत्रमा पछिल्लो अध्यादेश प्रकाशित भएको छ । अध्यादेशमार्फत कानूनी बाधा फुकाइएपछि प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला रेल उद्घाटन गर्ने बाटो खुलेको हो । लामो समयदेखि पार्किङमा रहेका ती रेल फागुन १ गतेदेखि यात्रु नबोकी गुडिरहेका थिए, अब भने रेलमा यात्रा गर्न पाइनेछ । सिटमा बसेर र उठेर ती रेलमा करीब २ हजार ६०० यात्रुले एकैपटक यात्रा गर्न सक्छन् । झाले रेलको भाडासमेत तोकिएको जानकारी दिए । त्यसअनुसार सामान्य सिटका लागि प्रतियात्रु ९० र एसी भएकोमा ४५० रुपैयाँ भाडा तोकिएको छ । नेपाल–भारतका सीमावर्ती क्षेत्रका प्रमुख गन्तव्यलाई रेल लिंकले जोड्ने उद्देश्यले विभिन्न पाँचओटा लिंक बनाउने घोषणा गरिएको छ, त्यसमध्ये पहिलो चरणमा जनकपुर–जयनगरमा रेल चल्न लागेको हो । सरकारले गतवर्ष १ अर्ब रुपैयाँ लगानीमा भारतीय रेलवे कम्पनी कोंकणबाट रेल किनेको थियो । रेल चलाउन भारतबाट २६ जना कर्मचारी आएका छन् । नेपाली कर्मचारी ५६ जना छन् । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन छिट्टै सरकारले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चीनबाट हुने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच यो रेलमार्गको अध्ययन अघि बढाउने समझदारी भएको थियो । चीन सरकारको सहयोगमा प्रारम्भिक अध्ययन भइसकेको रेलमार्गको अब विस्तृत सम्भाव्यता अध्ययन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । चीनको सहयोगमा अध्ययन हुने यो रेलमार्गको अध्ययन छिट्टै हुने भनिए पनि चीनमा पुनः देखिएको कोरोनाका कारण कहिले शुरू हुन्छ भन्ने यकिन नभएको शर्माले बताए । यसअघि पनि कोरोनाकै कारण यो रेलमार्गको बाँकी काम रोकिएको थियो । चीन सरकारको सहयोगमा भएको प्रारम्भिक अध्ययनले ९ वर्षमा काठमाडौं–केरुङ रेलमार्ग निर्माण गर्न २ खर्ब ५७ अर्ब लगानी आवश्यक पर्ने देखाएको थियो । २०७५ वैशाखदेखि काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन थालिएको थियो ।

सम्बन्धित सामग्री

जनकपुर–जयनगर रेल सञ्चालनसंगै बढ्दै धार्मिक पर्यटक

काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ […]

बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन्।...

आइतबारदेखि चल्ने भयो जनकपुर–जयनगर रेल

जनकपुर–जयनगर रेल आइतबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेपछि आइतबारदेखि रेल सञ्चालनमा आउनेछ।...

जनकपुर–जयनगर रेल सञ्चालन (फोटोफिचर)

जनकपुर, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो । रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन् । तस्बिरः अजयकुमार साह÷ रासस

आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदै

काठमाडौं, फागुन १ । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने […]

लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिए ।मन्त्री नेम्बाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिए । नीतिगत, व्यावहारिक र प्राविधिक सम्पूर्ण […]

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोभिड संक्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन्। आज एक कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने,“रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानून निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या छैन। निषेधाज्ञा खुलेको एक/दुई सातामा नै रेल सञ्चालन गर्न सकिन्छ।”

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

काठमाडौं। वैशाखभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको योजना कोरोना भाइरसको दोस्रो लहरले प्रभावित भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको जानकारी दिए। हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ। रासस

यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा

काठमाडौँ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ । कानुन अभावकै कारण नेपाल र भारतबीच चल्ने अन्तरदेशीय रेल सेवा सञ्चालन आरम्भ हुने मिति अझै तय हुन सकेको छैन । भारतबाट दुई सेट रेल जनकपुर आएको छ महिना बितिसकेका छ... The post यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा appeared first on Purbeli News.