जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोभिड संक्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन्। आज एक कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने,“रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानून निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या छैन। निषेधाज्ञा खुलेको एक/दुई सातामा नै रेल सञ्चालन गर्न सकिन्छ।”

सम्बन्धित सामग्री

विस्तार हुँदै जनकपुर रेलसेवा

जनकपुर–जयनगर रेल सेवालाई विस्तार गरी बिजलपुरासम्म चलाउने तयारी सरकारले गरेको छ । यससँगै दोश्रो खण्डको कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको छ ।सरकारले जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन गर्ने तयारी गरेपछि कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको रेल विभागले जनाएको छ । “सो खण्डमा रेल सेवा विस्तार गरेर सञ्चालनको तयारी भइरहेको छ,” रेल विभागका महानिर्देशक दीपक […]

विस्तार हुँदै जनकपुर रेलसेवा

काठमाडौं । जनकपुर जयनगर रेल सेवालाई विस्तार गरी बिजलपुरासम्म चलाउने तयारी सरकारले गरेको छ । यससँगै दोस्रो खण्डको कुर्थादेखि बिजुलपुरासम्म रेल सञ्चालनमा आउने भएको छ । सरकारले जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन गर्ने तयारी गरेपछि कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको रेल विभागले जनाएको छ । सो खण्डमा रेल सेवा विस्तार गरेर सञ्चालनको तयारी भइरहेको छ, […]

कोरोनाका कारण जनकपुर–जयनगर रेल सञ्चालन स्थगित

वैशाख ३१, धनुषा । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ ।  नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महीनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ । रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । महाप्रबन्धक भट्टराईले भने, ‘यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ, तर समयले धोका दियो ।’ उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए । नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई ओटा रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महीनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ । नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरीद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ लगाइएको रेल इन्जिनसहित ६ ओटा डब्बामा एकपटकमा १२ सयदेखि १ हजार ३०० यात्रु यात्रा गर्नसक्ने क्षमताको छ ।  यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गर्थ्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को छ ।  रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १०० जना कर्मचारी नियुक्त गरेको छ । पहिलो चरणमा जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले बताए । उनले बाँकी १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालू आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए । भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ । सरकारले सो रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । जसअनुसार आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २२६ दरबन्दी आवश्यक छ । नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ ।  अहिले चलाउन लागिएको ‘ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव नभएको हुँदा भारतीय प्राविधिक कर्मचारीमार्फत शुरुमा रेल सञ्चालन गरिने बताइएको छ ।    पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ । रासस

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

-अजयकुमार साहधनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।  हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका