हेटौँडा : सरकारले २०७५ सालमा विद्यालय भर्ना अभियान सञ्चालन गर्यो। कुनै बालबालिका विद्यालय बाहिर रहनु नपरोस् भन्दै सरकारले नै देशैभरी भर्ना अभियान सञ्चालन गरेको थियो।सरकारले भर्ना अभियान सुरु गरेपछि देशैभर प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्षदेखि विभिन्न व्यक्तिले अभिभावकत्व ग्रहण गर्ने भन्दै बालबालिकालाई विद्यालय भर्ना गर्न पुर्याए। आर्थिक अभावका कारण विद्यालय पुग्न नसकेका बालबालिकाको पढाईको खर्च व्यहोर्ने भन्दै बालबालिकालाई विद्यालयमा भर्ना गर्न