जुम्लाको हिमा गाउँपालिका–५ का बाजागाडा र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय उमेर समूहका चारदेखि १६ वर्षका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि दुर्गम दुई गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त गाउँ घोषणा गरिएको हो । २१० घरधुरी रहेको तलिकुडुका ६३० जना र १२५ घरधुरी रहेको बाजागाडाका २८३ जना विद्यालय उमेर […]