बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्छ : डा. स्वर्णिम वाग्ले

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ ।  बिहीवार काठमाण्डाैका बौद्धिक सम्पत्ति संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पत्ति विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै अर्थविद् वाग्लेले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको हो । उहाँले बौद्धिक सम्पत्तिलाई विकसित देशहरूले विश्व व्यापार सङ्गठनको सदस्यमा जबरजस्ती बनाएको बताउनुभयो । बौद्धिक सम्पत्तिलाई विश्व ...

सम्बन्धित सामग्री

सांसदलाई गाइड गर्न रास्वपाका दुई उपसभापतिलाई जिम्मेवारी

२१ माघ, काठमाडौं । पार्टी र संसदलाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ । संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतीलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘एक जनाले पार्टीको तर्फबाट सदनलाई कसरी हेर्नेबारे र अर्को उपसभापतिले […]

डा. स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

काठमाडौँ - डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका छन् । महोतरीमा जारी केन्द्रीय समिति बैठकले वाग्लेलाई उपसभापति बनाएको हो ।  वाग्लेलाई अर्का उपसभापति डिपि अर्याल पछिको वरियता तोकिएको छ । यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ ।  ब...

डा. स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

काठमाडौँ - डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका छन् । महोतरीमा जारी केन्द्रीय समिति बैठकले वाग्लेलाई उपसभापति बनाएको हो ।  वाग्लेलाई अर्का उपसभापति डिपि अर्याल पछिको वरियता तोकिएको छ । यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ ।  ब...

‘ओम्निबस’ आर्थिक सुधार आवश्यक : डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरूपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् ।  बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सीबीफीन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा सांसद वाग्लेले ‘ओम्निबस’ आर्थिक सुधारको आवश्यकता औल्याएका हुन् ।  ‘अहिले अर्थतन्त्रमा अभूतपूर्व सङ्कट देखिएको हुँदा अभूतपूर्व नीतिगत सुधार आवश्यक छ । हाम्रा नीति, नियम, ऐन, कानुनमाथिको बहस थालिनुपर्ने बेला भएको छ । अब ओम्निबस आर्थिक सुधार आवश्यक छ । यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ’, सांसद वाग्लेले भने ।  पहिलो चरणको आर्थिक सुधार शुरु भएलगत्तै गृहयुद्धलगायत कारण आर्थिक वृद्धिदर उल्लेख्य देखिन नसकेकोमा गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा पनि नेपालले उल्लेख्य आर्थिक उपलब्धि हासिल गर्न नसक्नु गम्भीर विषय रहेको उनको भनाइ छ । अहिले अर्थतन्त्रका सबै क्षेत्रको गहन विश्लेषण गरी समस्या पहिचान तथा निराकरणको उपाय खोज्न आवश्यक रहेको वाग्लेले बताए ।  ‘यस्तै प्रतिकूल बेलामा असल नियतले तथ्य तथ्याङ्कको सही विश्लेषणमार्फत् समाधान खोज्ने हो । यद्यपि, यसको कुनै अचुक उपाय छैन’, वाग्लेले भने, ‘संरचनागत सुधार, पारदर्शीता, सुशासन, नीतिगत स्थिरता तथा त्यसको प्रभावकारी कार्यान्वयनबाट अर्थतन्त्र सुधार सम्भव हुन्छ ।’  विद्यमान आर्थिक नीतिले समस्या समाधान गर्न नसक्ने हुँदा फरक ढङ्गले नीति बहसमा लाग्ने समय आएको धारणा वाग्लेको भनाइ छ । राजनीतिक चरित्र नसुध्रने र संस्थागत भ्रष्टाचार हटाउन नसक्ने हो भने समस्या थप बढ्दै जाने उनको भनाइ छ । ‘संस्थागत भ्रष्टाचार छ । राजनीतिक दलहरू कार्यकर्ता र आसेपासे नियुक्तिमा केन्द्रित छन् । यसले आर्थिक जोखिम थप बढाएको छ’, उहाँले भन्नुभयो । अर्थतन्त्रको वित्तीय पाटो हेर्दा सरकारी आम्दानी र खर्चबीच असन्तुलन बढ्दै गएर अर्थतन्त्रको संरचनागत खाडल बन्नु चिन्ताको विषय रहेको वाग्लेको भनाइ छ । ‘सार्वजनिक खर्च र राजस्व सङ्कलनमा असन्तुलन देखिएको छ । राजस्व सङ्कलनभन्दा खर्च बढी भएको अवस्था छ । लक्ष्यअनुसार राजस्व सङ्कलन छैन’, उनले भने, ‘राजस्व चुहावट कसरी भएको छ भनेर हेरिनुपर्छ । खर्चको प्रभावकारिता र मितव्ययिता छैन ।’ सार्वजनिक खर्च कटौतीमा सरकार निर्मम भएर जानुपर्ने धारणा पनि उनले राखे ।   त्यस्तै, सामाजिक सुरक्षाको विषयलाई राजनीतिकरण गर्न नहुने उनले भनाइ राखे । नेपालले लिएको आर्थिक वृद्धिदरको अनुमानमा पनि डा. वाग्लेले प्रश्न उठाए । चालु आर्थिक वर्षका लागि सरकारले राखेको आर्थिक वृद्धिदरको तुलनामा निकै न्यून मात्र उपलब्धि देखिनुले अर्थतन्त्रमा ठूलै समस्या रहेको इङ्गित गरेको वाग्लेको भनाइ छ । ‘अर्थतन्त्रमा सामान्य अङ्कको फरक स्वभाविक हो । तर, हामीले यस वर्ष आठ प्रतिशतको आर्थिक वृद्धिदर राखेकोमा करिब ६ प्रतिशत बिन्दुको फरक देखिएर वृद्धिदर दुई प्रतिशतमा खुम्चिने देखिएको छ । यो भनेको हाम्रो कार्यशैलीमा पक्कै पनि गम्भीर समस्या छ ।’  वाग्लेले भने, ‘बजेटको आकार अनावश्यक रुपमा बढाएर अविश्वसनीय बनाउनुभन्दा वास्तविक आकारको बजेट ल्याउन पनि उहाँले सरकारलाई सुझाव दिनुभयो । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) नहुँदा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नसकेको उनले बताए । त्यस्तै पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण नेपालले वैदेशिक ऋण र अनुदान र न्यून पाइरहेको उनको भनाइ छ । रासस

नेपालको अर्थतन्त्र सुधार्न नेतृत्वमा युवा आउनु पर्छ : डा. स्वर्णिम वाग्ले

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ ।  आज बुधवार बाग्मती क्याम्पसका विद्यार्थीलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय देशसँग प्रतिस्पर्धी बनाउनका लागि राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउनका लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने उहाँले...

गगन थापालाई जिताउन स्वर्णिम वाग्लेको आहवान् : डा. स्वर्णिम वाग्ले

काठमाडौं।अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्‍याएका छन्।अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरूजस्ता विज्ञहरूको टिम रहेको समेत खुलासा गरेका छन्।

आफ्नै पार्टी प्यारो मानेर ओलीको टिकट लिइनँ : डा. स्वर्णिम वाग्ले

काठमाडौं : अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्।अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन्।शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए। उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन

गगनले छाडेको काठमाडौं-४ बाट डा. स्वर्णिम वाग्ले चुनाव लड्ने

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं-४ बाट यसपटकको निर्वाचनमा डा. स्वर्णिम वाग्ले चुनाव लड्ने भएका छन् । थापा सर्लाही ४ बाट चुनाव लड्ने भएसँगै वाग्लेलाई सो क्षेत्रबाट चुनाव उठाउने कांग्रेसको निर्णय भएको उच्च स्रोतले जनाएको छ ।

शासकीय सनकको भरमा पूर्वाधार निर्माण गर्नुहुँदैन : डा. स्वर्णिम वाग्ले

२३ भदौ, काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले शासकीय सनकका भरमा मात्र पूर्वाधार निर्माण गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन-२०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ–दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा उनले जोखिम र लाभबारे अध्ययन गरेर मात्र पूर्वाधार बनाउनुपर्ने बताएका हुन् । […]

डा स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

काठमााडौं । डा स्वर्णिम वाग्ले राष्ट्रिय राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।