काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ ।
आज बुधवार बाग्मती क्याम्पसका विद्यार्थीलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय देशसँग प्रतिस्पर्धी बनाउनका लागि राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउनका लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने उहाँले...