मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा भारतीय राजदूतावासको सहयोगद्वारा नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, फेदीखोला गाउँपालीका इकाई समिति, स्याङजाको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सिमकोट – गाउँ–गाउँमा खोप तथा गर्भजाँच कार्यमा सक्रिय रुपमा खटिँदै आएकी महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम सुुरु गरिएको छ। उनीहरूबाट प्रदान हुने सेवालाई अझै प्रभावकारी बनाउनका लागि सो तालिमको व्यवस्था गरिएको हो। अदानचुली गाउँपालिकाका स्वास्थ्यकर्मी सन्तोष बुमीले गाउँ–गाउँमा स्वास्थ्य क्षेत्रमा खटिँदै आएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सुरु गरिएको […]
२१ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ । यसअघि गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको थियो । अब ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस्था गर्न लागिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । […]
काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका वडा ७ स्थित चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नम्बर ७ को कार्यालय, चतुराले स्वास्थ्य चौकी तथा मद्दत नेपाल र नेप अस एसोसिएसन एन्ड नेप अस डेन्टर काठमाडौंको प्राविधिक सहयोगमा सोमवार र मंगलबार शिविर सञ्चालन भएको हो।
चतुराले स्वास्थ्य चौकीमा भएको शिविरमा…
काठमाडौं । काठमाडौंस्थित अमृत माध्यमिक बोडिङ स्कुलले एक दिने स्वास्थ्य शिविरको कार्यक्रम आयोजना गरेको छ । शिविरमा विभिन्न विशेषज्ञहरुले स्वास्थ्य सेवा दिएका हुन् । शिविरमा विद्यार्थी, शिक्षक, शिक्षिका र अभिभावकले स्वास्थ्य चेकजाँच गराएका थिए । काठमाडौं मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको...
पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १७
रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो। शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले २० बुँदामा १ सय दिने प्रथमिकता सार्वजनिक गरेका हुन्।...